Subscribe Us

पशुबलि रोक्न युरोपेली सङ्घद्वारा आग्रह

  कलैया, २३ कात्तिक । बारा जिल्लाको बरियारपुरस्थित विश्वप्रसिद्ध श्री गढीमाईको मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा चढाइने पशुबलि रोक्न युरोपेली महासङ्घका मुलुकहरूले परराष्ट्र मन्त्रालयमार्फत आग्रह गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

विश्वमै सबैभन्दा बढी बलि चढ्ने गढीमाईको मेला मङ्सिर १२ र १३ गते हँुदैछ । गढीमाईमा चढाइने पशुबलिबारे युरोपेली सङ्घका राजदूतहरूले परराष्ट्र मन्त्रालयमार्फत बलि रोक्न गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय बारामा पत्र पठाएका थिए ।

गृह मन्त्रालयको पत्रअनुसार जिल्ला प्रशासन कार्यालय बाराले गढीमाई मन्दिर संरक्षण तथा विकास समिति, नेपाल पत्रकार महासङ्घ बारा र सरोकारवालाहरूलाई समेत गृह मन्त्रालयबाट प्राप्त पत्रका विषयमा जानकारी गराएको छ । रासस

Post a Comment

0 Comments