Subscribe Us

हंकङमा लाउन्जबार खोल्दै डन चक्रे

काठमाडौं । अकुत सम्पत्ती थुपारेको अभियोगमा बिषेश अदालतमा मुद्दा खेपीरहेका राजधानीका कुख्यात डन मिलन गुरुङ उफ चक्रे मिलनले हंकङमा करोडौं रुपैया लगानी गरी रेष्टुरेन्ट खोल्न थालेका छन् । नेपालमा सम्पत्ती सुद्धीकरण बिभागले अकुत सम्पत्ती छानबिन थालेपछि चक्रे गत साता सबै चा“जो पा“चो मिलाएर हंकङ रेष्टुरेन्ट खोल्न पुगेका छन् । उनि गत आईतवार हंकङ उडेका हुन ।

 राजधानीमा लिडे स्वाभाबका डनका नामले परिचीत चक्रेले हंकङमा दुई करोड हाराहारी लगानी गरी नेपाली स्टायलको लाउज्जबार खोल्न लागेको उनि निकट एकले बताए । पा“च बर्ष जेल यात्रबाट उनि दशै अगाडी थुना मुक्त भएका हुन ।

 सम्पत्ती सुद्धिकरण बिभागले चक्रेको १४ करोड अबैध सम्पत्ती भेटीएको भन्दै बिषेश अदालतका मुद्दा दायर गरेको थियो । तत्कालीन समयमा मुद्दा पुपक्षका लागी बिषेश अदालतले थुनछेक आदेशमा एक करोड धरौंटी मागेको थियो । भने उनको सबै सम्पत्ती रोेक्का राखी अदालतले थप प्रमाण बुझ्दै छ । जेलमा रहदै बिभागले उनि बिरुद्ध अकुत सम्पत्तीको थुपारेको मुद्दा चलाएको थियो । कैद र बिषेश अदालतले मागेको धरौंटी राखी चक्रे दशै अगाडी थुना मुक्त भएका हुन ।

 पछि चक्रेको क्रियाकलापलाई प्रहरीले बिषेश निकरानी गरेपछि उनि अबैध सम्पत्तीले नेपालमा ब्यावसायी गर्ने गाहे भएपछि उनि हंकङ पलाएन भएका हुन । जेलबाट छुट्ने बित्तीकै ठेक्का पट्टामा टेण्डर हत्याउन खोजेका चक्रेको सपना साकार नभएपछि उनि अहिले ब्यापार गर्ने भन्दै हंकङ पुगेको हुन । उता लामो समय हंकङमा बसेर नेपाल भर्केका राजधानीका अर्का डन कुमार श्रेष्ठ उफ घैंटे भने समाज सेवाका नाममा चन्दा असुलीमा बेस्त रहेका छन् ।

 राजधानीमा गुण्डा गर्दी बिरुद्ध प्रहरी आर्कमक भएपछि उनि हंकङ पुगेका थिए । अहिले निमार्ण ब्याबसायीहरुको चुनाबमा उनि ठेकदार शरद गौचनलाई जिताउन लागीपरेका छन् । त्यसका लागी उनले जिल्लाका ठेकदारहरुलाई गौचनलाई भोट हाल्न भन्दै धम्काउन थालेको एक ठेकदारले बताए । शरद गौचन निमार्ण व्यावसायी महासंघका महासचिब हुन । यहि मंशिर २७ गते निमाण ब्यासायीको चुनाब हुदै छ ।

Post a Comment

0 Comments