Subscribe Us

सशस्त्र प्रहरीमा आईजीपी एक, भ्रष्टाचार अनेक

काठमाडौं, २५ मंसिरः
नेपालको सुरक्षा व्यवस्था बिशेक्ष अवस्थामा रहेको बेलामा नेपाल सरकारले गठन गरेको फौज हो सशस्त्र प्रहरी । तत्कालिन अवस्थामा राष्ट्को सुरक्षा स्थिति धेरै नाजुक रहेको, माओवादी बिद्रोह दमन गर्न सरकार मौजुदा प्रहरीबाट मात्र सफल नरहेको, सेना परिचान गर्न ऐन नियम, सहमति आदि सहज रुपमा हुन नसकेको अवस्थामा प्रहरी भन्दा उच्च स्तरको तालीम प्रदान गरेर विद्रोह दमन गर्न सशस्त्र प्रहरीको गठन गरिएको हो ।

 तर परिकल्पनाकारले बिद्रोह लामो समय रहन सक्दैन भनि यस्का बिभिन्न कार्यहरुको ब्याख्या समेत समयमै गरेका थिए । यसले उक्त कठिन अवस्थामा ज्यानको बाजी लगाएर कार्य गरेको पनि हो । त्यसपछिका अवस्था पनि यस्का नेतृत्व सुझबुझपूर्ण, परिपक्व, तालीम प्राप्त एवं ईमान्दार भएको कारण यो जनमानसमा स्थापित हुँदै आएको थियो ।
 
स्थापनाकालदेखिको केही बक्र्ष यस्को नेतृत्व सहज रुपले चल्दै आएको थियो तर माओवादीका खासगरि बाबुराम भट्टराई तथा बिजय कुमार गच्छेदार रहेको सरकारले पछिल्लो समयमा आएर एकजना यस्तो ब्यक्तिलाई सशस्त्र प्रहरी बलको नेतृत्व दियो जसका कारणले स्थापना कालदेखि कठिन परिस्थितिमा पनि सरकारको आदेश परिपालना गर्दै जनमानसमा स्थापित भैसकेको फौज क्रमश ओरालो झरिरहेको छ । 

उनी हुन् आईजीपी कोक्षराज वन्त ।कृष्ण मोहन श्रेष्ठलाई नेवार भएको नाता रोइ कराइ गरेर घर बनाउने काम म गर्छु र सके सम्म त्यसबाट आउने रकम सकुशल बुझाउँछु भनि आएको एकजना प्राविधिकको हातमा पर्नाको कारण यो समरजंग कम्पनी भन्दा तल नगरपालिकाको फौजको रुपमा परिणत हुँदै गएको छ । 

उनले नेपाल प्रहरीमा पुग नपुग २ महिनाको सामान्य सलाम सिकाउने प्राविधिक तालीम मात्र गरेका छन् । सशस्त्र प्रहरीको सानो हवल्दार मात्र हुन करीव १० महिनाको आधारभूत तालीम, बिल्लादार बेशिक, भींड नियन्त्रण, हतियार ह्याण्डलिंग जस्ता उन्नत तालीमको जरुरत पर्छ । सशस्त्र प्रहरी बलमा स्थानान्तरण भै आएका सवै तहमध्ये उच्च तहमा रहेका कोक्षराज वन्त मात्र एउटा यस्तो पात्र हुन् जस्ले हातहतियार चलाउने त परै जाओस् थोरै अवधिको एक मात्र तालीम पनि प्राप्त गरेका छैनन् । वन्तको ब्यवसायिकता भनेको भवन निर्माण गर्ने हो । 

जस्ले फित्ता समाएर गिटी, सिमेण्ट, रडको हिसाव मात्र गर्छ । तर एलएमजी र एसएलआर दुवै हतियार सँगै राख्यो भने स्पष्ट रुपमा भेद गर्न नसक्ने ब्यक्ति राष्ट्रको अर्धसैनिक बलको नेतृत्वमा बिराजमान छन् त्यो पनि एक बक्र्ष हैन करीव ३ बक्र्षदेखि । फौजी संस्कार, परिपाटी, तालीम, ब्यवसायिकता, युनिटप्रतिको मायाँ, बन्दोबस्ती पक्ष, चेन अफ कमाण्ड, अन्य सुरक्षा निकाय तथा प्रशासनसँगको सम्बन्ध समन्वय आदि पद्धतिहरुको बारेमा शुन्य ज्ञान भएको ब्यक्तिलाई नेतृत्व दिएको कारण सशस्त्र प्रहरी बल कठिन अवस्थामा गुज्रिरेको छ ।
 
पूर्वजहरुको बनाएका ति माथि उल्लेख गरिएका सवै पद्धति आईजीपी वन्तले भत्काइसकेका छन् । फौजको कुनै तह पनि उनीबाट खुशी छैन । सीमित केही चाटुकार मात्र रजाइ गर्न पाएकोले क्षणिक खुसी होलान् तर नेपाल प्रहरी तथा सेनाबाट नयाँ संगठन बनाउनु पर्छ भनि आएका ब्यवसायिक अधिकृतहरु पाखा लगाइएका छन् । नयाँ भर्ना भएका अधिकृतहरु सवै निराश बनेका छन् ।
 
यस्तो अवस्थामा समग्र गृह प्रशासन के हेरेर बसको छ रु त्यो अचम्मको बिक्षय छ । नेपाल सरकार किन मौन छ रु त्यो बुझि नसक्नु छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले त वन्त विरुद्ध जतिसुकै भ्रष्टाचारका उजुरी परे पनि रद्दिको टोकरीमा फाक्ने गरेका छन् ।
 
अन्य निकायले किन मौनता साधेका छन् त्यो केलाउनु पर्ने छ । यसरी सशस्त्र प्रहरी बल तीनै सुरक्षा निकायको तुलनामा धेरै तल भासिएको छ । त्यसको कारण ति अन्य निर्दोक्ष राष्ट्रसेवक हुँदै होइनन् जस्ले लाए अह«ाएको जिम्मेवारी कुशलता पूर्वक बिना हिच्किचाहट बहन गर्छन् यस्को एक मात्र कारण आईजीपीकै असक्षमता हो, नालायकी पन हो ।
 
सशस्त्रको डोसियरमा हेर्ने हो भने प्रहरीको प्राविधिक बेशीक तालीम बाहेक भारतका धर्म गुरु रबिशंकरले प्रवचन दिएको आर्ट अफ लिभिंग तालीम उल्लेख भएको छ यो भन्दा हाँस्यास्पद बिक्षय के हुन्छ । के कुनै देशको अर्ध सैनिक बल, सेना तथा प्रहरीमा, बिना तालीम गरेको प्राविधिक ब्यक्ति फौजको नेतृत्वमा पुग्न सक्छ रु के नेपाली सेना तथा नेपाल प्रहरीमा अस्पतालको डाक्टर तथा ईन्जिनियर चिफ तथा आईजीपी हुन सम्भव हुन्छ रु असंम्भव । 

यदि यसो हो भने सशस्त्र प्रहरी जस्तो हतियारबद्ध फौजमा यो किन सम्भव बनाइयो रु राष्ट्को लागि गम्भीर कुठाराघात भित्र यो पर्छ कि पर्दैन रु यदि यसै गरि चल्ने हो भने यो संगठन बिघटन गरिदिए हुन्छ ।
यूनाईटेड पोष्ट साप्ताहिकबाट

Post a Comment

0 Comments