Subscribe Us

पशुपतिनाथमा बिष्फोट हुदै छ भनेर हल्ला फैलाउने पक्राउ

 काठमाडौं । पशुपतिमा बिष्फोट हुदै छ भनेर हल्ला फैलाउने एक व्यक्ति पक्राउ परेका छन् । इस्लामिक आतंककारी संगठन अलकायदाले पशुपतिमा विष्फोट गराउने योजना बनाएको भन्दै प्रचार गर्ने  रोशन भारती नामका व्यक्ति पक्राउ गरेका हुन् । भारतिलाई महानगरीय अपराध महाशाखा हनुमानढोकाले शनिवार पक्राउ गरी आईतवारबार सार्बजनिक गरेको हो ।

भारतियले प्रहरी तथा सञ्चार माध्यमहरुलाई गलत इमेल पठाएर भ्रम फैलाएका थिए । भारतियले अरुको इमले हृयाक गरेर प्रहरीलाई र सञ्चारमाध्यमलाई गलत सूचना दिएका थिए । पक्राउ परेका भारतियलाई प्रहरीले साइबर क्राइम अनुसार मुद्दा चलाउन लागेको छ । 

भारतीलााई लागेको अभियोग पुष्टि भए उनलाई पाँच बर्षसम्म कैद तथा एक लाखसम्म जरिवाना हुन सक्दछ । एक साता अघि भारतीले अर्काको इमेल हृयाक गरी अलकायदाले काठमाडौंको पशुपतिनाथमा विष्फोट गराउन लागेको गलत जानकारी दिएका थिए ।

 गलत सुचनाको कारण प्रहरीले गत सुक्रवार काठमाडौंबाट पाँच जना पाकिस्तानीसहित २० जनालाई पक्राउ गरेको थियो । भारतीले गलत सूचना दिएको पुष्टि भएपछि पक्राउ परेकाहरु सबै छुटेका छन् । भारतीले ती व्यक्तिको नाम किन मुछे ब्यक्तिगत रिशीबिका कारण मुछेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । 
 
बेलायतमा प्रमुख कार्यालय रहेको कल्की अवतार फाउन्डेसनको नेपाल प्रतिनिधि पाकिस्तानी नागरिक कयुम रियाजको याहुमेल हृयाक गरी भारतीले कल्की फाउन्डेसनका प्रमुख युनुसको इमेलमा काठमाडौंमा विस्फोट गर्ने योजना सम्वन्धी मेल पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यो इमेलमा पशुपतिनाथ लगायतका स्थानमा बिष्फोट गराउने योजना रहेको झूठो विवरण राखिएको थियो ।
भारतीले त्यो इमेल प्रिन्ट गरी प्रहरी र केही सञ्चार माध्यममा पुगेका थिए । त्यसकै आधारमा पक्राउ परेका व्यक्तिको बयान र इमेलको आधिकारिकता अनुसन्धान गर्ने क्रममा भारतीको गलत धन्दाको पर्दापास भएको प्रहरीले बताएको छ ।

Post a Comment

0 Comments