Subscribe Us

कोइरालाको लेनदेन मुड, प्रचण्डको राष्ट्रपति मोह

काठमाडौं । राजनीतिक सहमतिमा लेनदेन हुन्छ भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री सुशिल कोइराला संविधान जारी गराउनका लागि एकीकृत नेकपा माओवादीसँग लेनदेन मुडमा छन् । 

खासगरी एमाओवादीलाई सहमतिमा ल्याएर आफ्नो कार्यकाललाई सफल बनाउनका लागि उनले यस्तो रणनीति अपनाएका हुन् । उनले सहमतिका लागि एमाओवादीलाई सत्ताको लोभ पनि देखाए । सम्झौताका आधारमा एमाओवादीलाई सत्तामा ल्याउने जिम्मा कोइराला र मधेसवादीलाई ल्याउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएर कोइराल सफल हुन खोजिरहेका छन् ।
 
केही दिनदेखि सहमति उन्मुख भएका चार राजनीतिक शक्तिहरुको चरित्रहरु पनि त्यस्तै लोभका आधारमा निर्धारण हुन थालेको छ । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले केन्द्रिय समितिको पूर्ण वैठकका क्रममा नेतृत्व छाड्ने प्रस्ताव अघि सार्नु र चार दल सहमतिमा पुग्न लाग्नु बाख्रो हराउनु र बाघ कराउनुजस्तो भने होइन, त्यहाँ स्वार्थको राजनीतिक भएको बुझिएको छ ।
 
उच्च स्रोतहरुका अनुसार कोइराला माघ ८ मा सरकार छाड्न चहान्छन् र संविधानको मस्यौदा भएपनि जारी गर्ने मुडमा छन् । त्यसका लागि उनले आगामी नयाँ सरकार गठनपूर्ण नै प्रचण्डलाई शक्तिशाली पदमा स्थानान्तरण गर्ने तयारी गरेका छन् । सके आफु राष्ट्रपति हुने नभए प्रचण्डका लागि छाड्ने दुई विकल्पहरुका साथ कोइराला अघि बढेका हुन् ।
 
कोइरालाका विकल्पहरुमा एमाले र एमाओवादीले आपत्ति जनाएका छैनन् । तर, कांग्रेसका केही नेताहरुले उक्त विकल्पहरुलाई स्वीकार गर्न सकेका छैनन् । संविधान जारी गराउनका लागि कोइराला यतिवेला भने अन्य नेताहरुको सल्लाह भन्दा पनि आफ्नो विवेकपूर्ण निर्णयको तयारी गरिरहेका छन् । ‘उहाँले यस्तो सोच्नु भएको छ सहमति हुन्छ भने जुनसुकै लेनदेन हुनसक्छ, त्यसमा पद भन्दा पनि जनताको चाहनको कुरा प्रमुख हुन आउँछ ।’
खासगरी शान्ति प्रक्रियामा आउनासाथ राष्ट्रपतिको मोहमा डुबेका प्रचण्डले राजनीतिक समझादारीका आधारमा नै आफ्नो उक्त बाटोलाई क्लियर गरिरहेका छन् । उनी एमाओवादीभित्र निर्विवाद राष्ट्रपतिको उम्मेदवार हुनका लागि पार्टी नेतृत्व बाबुरामलाई सुम्पिने तयारीमा पनि छन् । 

बाबुरामलाई अध्यक्षको जिम्मेवारी दिएपनि उक्त महाधिवेशनमा राष्ट्रपतिका एक्ला उम्मेदवारका रुपमा उनले आफ्नो नाम अनुमोदन गराउने तयारी गरेका छन् भने यता चार शक्तिबीच सहमति जुटाएर राष्ट्रपति एमाओवादीको पोल्टामा पार्ने सम्झौताको पनि खाका तयार गरिसकेका छन् । तर, कतिपय नेताहरुले आगामी राष्ट्रपति कोइरालालाई र प्रधानमन्त्री प्रचण्डलाई बनाउने प्रस्ताव पनि अघि सारेका छन् जसलाई प्रचण्डले स्वीकार गरिसकेका छैनन् ।

Post a Comment

0 Comments