Subscribe Us

सफाइ पाएपछि सञ्चारमाध्यम बिरुद्ध अभिनेत्री श्वेता



काठमाडौं ।  देहव्यापारको आरोपमा पक्राउ परेकी बलिउड अभिनेत्री श्वेता बसुले सञ्चारमाध्यमले आफ्नो जिवनमा खेलवाड गरेको आरोप लगाएकी छिन् । 

अदालतबाट सफाइ पाएपछि सञ्चारमाध्यमप्रति आक्रोशित बनेकी श्वेताले सञ्चारमाध्यमको नाममा खुला पत्र लेखेर यस्तो आरोप लगाएकी हुन ।श्वेतालाई  भारतको हैदराबादस्थित एक अदालत गत साता  सफाइ दिएको थियो । 

श्वेतालाई गत सेप्टेम्बरमा हैदराबाद प्रहरीले व्यावसायिक यौनकर्मी भएकोआरोपमा लगाउदै एक होटेलबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई अदालतले उद्धारगृहमा राख्न आदेश दिएको थियो ।  दुई महिना उद्धारगृहमा बसेकी श्वेतालाई अदालतले गत शुक्रबार सफाइ दिएको  हो । श्वेताले आफू

एक अवार्ड कार्यक्रमका लागि हैदराबाद पुगेका बेला आयोजकले प्रायोजन गरेको होटेलमा आफू बसेको र त्यहीँको होटेलबाट प्रहरीले पक्राउ गरेको पत्रमा उल्लेख गरेकी छन्। त्यस बेला आफूले कुनै वक्तव्य नदिएको पनि उनले स्पष्ट पारेकी छन्। आफूबारे सञ्चारमाध्यमले अतिरञ्जित समाचार प्रसार गरेको उनको आरोप छ। (एजेन्सी

Post a Comment

0 Comments