Subscribe Us

१८ बर्ष नपेका युबतीसँग सहमतीमै शारीरिक सम्बन्ध राखेपनि अब बलात्कार हुने

काठमाडौं । १८ बर्ष नपुगेका युबतीसँग सहमतीमा यौन सम्बन्ध राखेपनि अब बलात्कारको अभियोग लाग्ने भएको छ । यस अघि १६ पुगेका युबतीसँग सहमतीमा यौनसम्बन्ध राख्दा फौजदारी कानूनले छुनसक्ने थिएन् । 
पुरानो मूलुकी ऐन संशोधन गर्न लागीपरेका कानून मन्त्रि नरहरी आर्चायले फौजदारी मुद्दा अन्र्तगत रहेको जबरजस्ती करणी मुद्दा बिभिन्न कारणले बढेपछि कानून संशोधनको तयारीमा लागेको स्रोतले बतायो । 
 
कतिपय तथ्यांकहरुले उच्चमावि अध्ययन गर्ने छात्र(छात्राहरुमा प्रेम र शारीरिक सम्बन्ध बढ्दो रहेको कारण त्यसले समाजमा बिकाराल रुप ल्याउने दाबी गर्दै मन्त्रि आचार्यले यस्तो कानूनको प्रस्ताब राखेका हुन् । मन्त्री आचार्यले सहमतिमा यौन सम्बन्ध राख्न नपाउने महिलाको उमेर हद दुई वर्ष बढाउने प्रस्ताव गरेका छन् ।
 
 हाल प्रचलित मुलुकी ऐनको जबरजस्ती करणीको महलमा १६ वर्ष नपुगी सहमतिमै करणी गरिए पनि त्यसलाई बलात्कार मानिने उल्लेख छ । मुलुकी ऐनको तात्पर्य के हो भने विद्यालय उमेरका छात्र(छात्रावीच हुने सहमतिकै यौन सम्बन्ध पनि बलात्कारजन्य कार्य हो । 
 
तर, कानूनमन्त्री आचार्यले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्न बनेको विधेयक’ मा १८ वर्षसम्म सहमतिमै करणी गरिए पनि बलात्कार मानिने नयाँ व्यवस्था गरिएको छ ।मन्त्री आचार्यले प्रस्ताव गरेको विधेयक पारित भएको खण्डमा अब १८ वर्ष नपुगी सहमतिमै पनि यौन सम्बन्ध राख्न पाइने छैन ।
जबरजस्ती करणीको
जबरजस्ती करणीको

Post a Comment

0 Comments