Subscribe Us

नेपाल टेलिकमका अधिृकतलाई पाँच वर्ष कैद,
पुनराबेदनको फैसाला उल्टाउदै सर्बोच्च, ढिलै भएपनि पिडीतलाई न्याय

 काठमाडौं । बलात्कारको अभियोगमा पुनराबेदन अदालतबाट सफाई पाएका नेपाल टेलिकमका तत्कालीन शाखा अधिृकत यादवप्रसाद घिमिरेलाई सर्बोच्च अदालतले पाँच वर्ष कैद सजाय हुने ठहर गरेको छ । 

सर्बोच्चका न्यायाधीसद्धय गोविन्दकुमार उपाध्याय र देवेन्द्रगोपाल श्रेष्ठको सयुक्त इजलासले जिल्ला पुनराबेदनको फैसाला बदर गर्दै सुरु जिल्ला अदालतको फैसला सदर गर्दै घिमिरेलाई पाँच बर्ष कैद सजाय सुनाएको हो । घिमिरेलाई अदालतले १ लाख ५० हजार क्षतिपूर्ति भराउनसमेत भनीएको छ । 

घिमिरेले २०६४ साल पुसमा जागिर लगाइने भन्दै एक युवतीलाई पोखरा ल्याएर बलात्कार गरेको अभियोग लागेको थियो । जिल्ला अदालतले घिमिरेलाई दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो । तर, पुनरावेदन पोखराले २०६६ असोजमा जबरजस्ती करण नभएको भन्दै सफाइ दिएपछि घिमिरेले उन्मुक्ति पाएका थिए । तर सर्बोच्चको फैसालापछि घिमिरे पुनः जेल चलान हुने छन् । उनले बाँकि कैद पुन पुरा गर्नुपर्ने हुन्छ । 

पुनराबेदन अदालतले घिमिरेलाई सफाई दिने फैसाला सुनाएपछि सरकारी वकिलले सफाई दिएको कानून सम्मत नभएको भन्दै सर्बोच्चमा पुनराबेदन अदालतको को फैसाला बिरुद्ध पुनराबेदन गरेका थिए ।  २०६६ चैत्रमा सर्वोच्चमा पुनराबेदन परेपनि मुद्दा भने  पटक पटक सर्दै आएर बिहीबार अन्तिम भएको हो ।

Post a Comment

0 Comments