Subscribe Us

चिठ्ठा परेको म्यासेज पठाएर ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । भारतीय मोबाईल नम्बरबाट  चिठ्ठा परेको म्यासेज  पठाएर ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले उनिहरुलाई राजधानीबाट पक्राउ गरी सुक्रवार सार्बजनिक गरेको छ । 

पक्राउ पर्नेमा बैतडी दशरथचन्द नगरपालिका घर भएका दीपेन्द्र भट्ट, मोरङ विराटनगरका सुनिल प्रधान र बिराटनगरकै पिङकु भन्ने दीपेन्द्र अलि रहेका छन् । 

उनीहरुले सर्वसाधारणको मोबाइलमा चिठ्ठा परेको म्यासेज पठाउने गरेका थिए । म्यासेज पाउने ब्यक्तिले शंका ब्यक्त गर्दै उनीहरुलाई ईमेल पठायो भने मोबाईल नम्बरमा फोन सम्पर्क नै गरेर बिश्वास दिलाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । राजधानीको स्वयम्भु बस्ने १८ वर्षीय तेन्जिङ याक्चेन शेर्पालाई गत मंसिर २७ मा  भारतीय नम्बरबाट २४ लाख भारु र मारुती सुजुकी कार चिठ्ठा परेको एउटा म्यासेज आयोको थियो ।   । शेर्पाले उक्त म्यासेजको विश्वास गर्दा ७ लाख ४४ हजार रुपैयाँ गुमाउनुपरेको थियो ।

उनलाई भारतीय नम्बरबाट फोन गरेर चिठ्ठाको रकम लिन भारत सरकारलाई राजस्व बुझाउनुपर्ने भन्दै उक्त रकम मागेका थिए । आकाश बर्मा नाम बताउने ती व्यक्तिले राजस्वको रकम बिभिन्न ब्यक्तिको नाममा रहेको बैंक खातामा जम्मा गर्न लगाएका थिए । शेर्पाले पनि सरासर खातामा पैसा राखिदिइन् । पैसा आउनुको सट्टा बर्माले इमेलमा तेन्जिङले जितेको कार र नेपाली नोटको फोटो र भारतिय सरकारको आधिकारीक जस्तै देखिने छाप पठाइदिएका थिए । त्यसपछि अझै प्रक्रिया पूरा गर्न रकम नपुगेको भन्दै थप पैसा माग गरेपछि उनले प्रहरीमा खबर गरेकी थिइन् ।
 
 नेपाल टेलिकम र एनसेलको मोबाईल नम्बरमा चिठ्ठा परेको भन्दै ठगी गर्ने गिरोह राजधानीमा सक्रिय रहेको पाइएको छ । भारत र पाकिस्तानबाट ब्यक्तिहरुको मोबाइलमा गाडी र नगदको चिठ्ठा परेको म्यासेज आउने गरेको छ । म्यासेज पाउने ब्यक्तिले चासो देखाएपछि त्यो गिरोहले अनेक लालच देखाउँदै रकम ठगी गर्ने गरेको पाइएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले त्यसरी ठगी गर्ने एउटा गिरोहलाई पक्राउ गरेको छ ।

उनीहरुले बैङकमा खाता भएका, तर पैसा नभएका ब्यक्तिहरुको एटिएम कार्ड केहि दिनलाई प्रयोग गर्न माग्ने गरेका थिए । दुईरतीन हजार दिने भनेर बैङकमा खातावालाको एटिएम कार्ड मागेर प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलासा भएको छ यिनीहरुले आफ्नो बाहेक अन्य रेखा भट्ट, प्रदिप जोशी र बिक्रान्त गिरीको समेत बैंक एकाउन्ट प्रयोग गरेका छन् । 

ठगिने ब्यक्तिले रकम राखिदिएपछि एटिएमबाट पैसा निकाल्दै आएका रहेछन् । यही गिरोहले मंसिर ११ मा काठमाडौंको जोरपाटी बस्ने प्रवीण गुप्ताबाट समेत रुपैयाँ ठगी गरेको थियो । एनसेलको सिम प्रयोग गर्ने गुप्ताको मोबाईलमा १५ लाख रुपैंयाको चिठ्ठा परेको पाकिस्तानी नम्बरबाट म्यासेज आएको थियो । उनले बिश्वास नलागेको बताएपछि उनको नम्बरमा फोन गरेर चिठ्ठा पाएको जानकारी दिएका थिए । त्यसपछि सुनिल प्रधानको बैंक खातामा ३२ हजार रुपैंया राख्न लगाएका थिए । लगत्तै पुनः अन्य कागजी प्रक्रियाका लागि भन्दै ८० हजार रुपैंया मागेपछि गुप्ता प्रहरी कार्यालय पुगेका थिए । 

प्रहरीका अनुसार भारतिय नम्बरहरु बिराटनगर घर भएका प्रधानले भारतिय सिमामा पुगेर खरिद गर्ने र नम्बर ुएक्टिभु भएपछि फोन वा म्यासेज पठाउने गर्थे । तर पाकिस्तानी नम्बरका बिषयमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  यसरी मोबाईल नम्बर वा ईमेल ठेगानामा चिठ्ठा परेको भन्दै ठगी गर्ने यो प्रवृत्ति नौलो भने होईन । दुई वर्षअघि विदेशीहरुले नेपालीको ईमेल ठेगानामा चिठ्ठा परेको भन्दै लाखौं रुपैंया ठग्ने गरेका थिए । कोकाकोला वा अन्य केहिमा करोडौं रुपैंया चिठ्ठा परेको भन्दै लालच देखाउने गरेका थिए ।

चिठ्ठा परेको रकम निकाशाका लागि कानुनी प्रक्रिया पुरा गर्न लाग्ने रकम सम्बन्धीत ब्यक्तिले नै ब्यवहोर्नु पर्ने भन्दै पैसा ठग्ने गरेका थिए । त्यसमा अफ्रिकन मुलूकका ब्यक्ति बढी हुने गर्थे । कतिपयले त राम्रो रोजगारी भन्दै भारत, पाकिस्तानलगायतका मुलुकमा सर्वसाधारणलाई बोलाएर अपहरण समेत गर्ने गरेका थिए । अनि नेपालमा फोन सम्पर्क गर्न लगाई लाखौं रुपैंया फिरौती स्वरुप लिने गरेका थिए ।

Post a Comment

0 Comments