Subscribe Us

लिनमात्रै खोज्ने दिन नजान्ने नेता प्रचण्ड

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लिनमात्रै खोज्ने र दिन नजान्ने नेताका रुपमा बुझिएका छन् । उनले तिन दलको वैठकमा पनि आफुमात्र लिने र छाड्न नचाहने कुरा पुष्टि भयो ।
 
 उनी राष्ट्रपति पद लिने तर अरुको ग्यारेन्टी नगर्ने भएपछि तीन दल वैठक भाँडियो । एमाले अध्यक्ष केपी ओलीले प्रचण्डको झाँको झारेपछि उनी जुरुक्कै उठेर हिँडेका थिए ।
 
राजनीतिक सहमतिमा लेनदेन हुन्छ भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री सुशिल कोइराला संविधान जारी गराउन एकीकृत नेकपा माओवादीसँग लेनदेन मुडमा थिए । तर, प्रचण्डले उनको पनि मुड खराब गरिदिए । खासगरी एमाओवादीलाई सहमतिमा ल्याएर आफ्नो कार्यकाललाई सफल बनाउनका लागि उनले यस्तो रणनीति अपनाएका थिए । ‘वैठकमा प्रचण्ड दिन नजान्ने, लिनमात्र खोज्ने कसरी हुन्छ सहमति ?’ स्रोतले भन्यो । उनले सहमतिका लागि एमाओवादीलाई सत्ताको लोभ पनि देखाए ।
 
 सम्झौताका आधारमा एमाओवादीलाई सत्तामा ल्याउने जिम्मा कोइराला र मधेसवादीलाई ल्याउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएर कोइराल सफल हुन खोजेका थिए । तर, यो साता उनको यो रणनीति सफल हुन सकेन । अहिले उनले कांग्रेस महामन्त्री कृष्ण सिटौलालाई यो जिम्मा दिएका छन् । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले केन्द्रिय समितिको पूर्ण वैठकका क्रममा नेतृत्व छाड्ने प्रस्ताव अघि सार्नु र चार दल सहमतिमा पुग्न लाग्नु बाख्रो हराउनु र बाघ कराउनुजस्तो भने होइन, त्यहाँ स्वार्थको राजनीतिक भएको बुझिएको छ ।
उच्च स्रोतहरुका अनुसार कोइराला माघ ८ मा सरकार छाड्न चाहान्छन् र संविधानको मस्यौदा भएपनि जारी गर्ने मुडमा छन् । त्यसका लागि उनले आगामी नयाँ सरकार गठनपूर्ण नै प्रचण्डलाई शक्तिशाली पदमा स्थानान्तरण गर्ने तयारी गरेका छन् । सके आफु राष्ट्रपति हुने नभए प्रचण्डका लागि छाड्ने दुई विकल्पहरुका साथ कोइराला अघि बढेका हुन् ।
 
 कोइरालाका विकल्पहरुमा एमाले र एमाओवादीले आपत्ति जनाएका छैनन् । तर, कांग्रेसका केही नेताहरुले उक्त विकल्पहरुलाई स्वीकार गर्न सकेका छैनन् । संविधान जारी गराउनका लागि कोइराला यतिवेला भने अन्य नेताहरुको सल्लाह भन्दा पनि आफ्नो विवेकपूर्ण निर्णयको तयारी गरिरहेका छन् ।
 
 ‘उहाँले यस्तो सोच्नु भएको छ सहमति हुन्छ भने जुनसुकै लेनदेन हुनसक्छ, त्यसमा पद भन्दा पनि जनताको चाहनाको कुरा प्रमुख हुन आउँछ ।’ स्रोतले भन्यो । तर, कोइरालाको सोचको कुनै असर भइसकेको छैन । एमाओवादी आन्दोलनतिर जाने भइसकेको छ भने त्यसको प्रतिकार गर्न एमाले तयार भइसकेको छ । प्रचण्ड स्वार्थी भएका कारण मुलुक भड्खालोमा जान लागेको एमालेजनहरुले बताउन थालेका छन् ।
 

Post a Comment

0 Comments