Subscribe Us

माहारानीको जुवा अखडामा कसले हान्ने छापा ?

काठमाडौं । बषौं देखी राजधानीमा जुवा अखडा सञ्चालन गर्दै आएकी अन्जली राणा मगर उफ महारानीको जुवा अखडामा छापा हान्ने हिम्मत नेपाल प्रहरीस“ग नभएको रहस्य खुलासा भएको छ ।

 बर्षै देखी क्यासिनोको शैलीमा जुवा खेलाउदै आएकी महारानीको जुवा अखडाको बारेमा राजधानीको सबै प्रहरी युनिटलाई जानकारी भएपनि छापा नमारेपछि प्रहरीस“ग हिम्मत नभएको पुष्टि भएको हो । 

बर्षै देखी चाबहिल गोपीकृष्ण हल पछाडी जुवा खेलाउदै आएकि महारानीले गत दशै देखि डिल्लीबजारको प्रभुशमशेर राणाको घरमा क्यासिनो शैलीमा जुवा खेलाउदै र्आएकी छिन् । उक्त घर सर्बोच्चका न्यायधिस चोलेन्द्रशमशेर राणाका भाईको हो । उक्त घरमा बिगत ३० बर्ष देखी ब्यावसायीक रुपमा जुवा खेलाउदै आएको जुवाडेहरु बताउछन् । उक्त घर सर्बोच्चका न्यायधिस चोलेन्द्र शमसेर राणाका आफ्नै भाईको भएका कारण प्रहरीले उक्त जुवा अखडामा छापामार्ने हिम्मत नगरेको प्रहरी स्रोत बताउछ । 

राजधानीका क्यासिनो बन्द भएपछि जुवाका लत लागेका जुवाडेहरुको यस्ता अखडामा भिडभाड लाग्ने गरेको स्रोत बताउछ । सुरक्षाको हिसाबलेपनि उक्त घरमा महारानीले जुवा खेलाउन थालेको स्रोतको दाबी छ । राणाको घरमा जुवा खेलाउने बिषयलाई लिएर  मुनु केसि र महारानीको झगडासमेत भएको जुवाडेहरु बिच चर्चा चलेको छ । 

 क्यासिनो कै शैलीमा सञ्चालन भएको महारानीको जुवा अखडामा करोडौं रुपैया“को जुवा थाप्ने जुवाडेहरु आउने गरेका छन् । सो जुवा अखडा राजधानीकै सबभन्दा ठूलो जुवा र सुरक्षीत जुवा अखडाको रुपमा लिईन्छ । दशैदेखि तिहारसम्म एक महिनाको अबधिमा सो जुवा घरमा एक अर्ब बराबरको हारजित भएको जुवाडेहरुबीच चर्चा छ । जुवा अखडा सञ्चालन गरेकै भरमा राणाले बिश्वकै सर्बाधिक लोकपिर्य बियमडब्लु गाडीमा सवार हुदै आएकी छिन् भने दरबारमार्ग अन्नपूर्ण कफिसपमा दिन बिताउने गर्छिन । 

अञ्जली राणा जुवाडेहरु बिच माहारानीको नामले परिचीत छिन । राणाको जुवा अखडामा राज परिवारका सदस्य देखि मिटर राजा महेश सिंह, गुण्डाका नाईकेहरुकोसमेत जमघट हुने गरेको स्रोतको दाबी छ । उक्त जुवा अखडामा क्यासिनो दलालको नाममले चिनीने काभ्रेका राम भट्टराईले जुवा हारेकाहरुलाई मिटर ब्याजमा लगानी गर्दै आएका छन् । दलाल भट्टराई क्यासिनो चलेका बेलामा अन्न क्यासिनोमा लगानी गर्दै आएका थिए । 

उनले एक पूर्ब न्यायधिसको बुहारीलाई जुवाको लतमा फसाएर उनको घरखानी योजना बुनेको उनि निकट स्रोत बताउछ । यस्तै गौशालामा राम मन्दिरका लिला उप्रेतीलेपनि ठूलै जुवा अखडा सञ्चालन गदै आएका छन् । उप्रेतीले आफ्नै निवास राम मन्दिर तथा भाडमा लिएका घरमा जुवा सञ्चालन गदै आएका छन् । एक दिन आफ्नौ घरमा अर्को दिन अर्को घरमा गर्दै उपे्रतीले २० बर्ष देखि जुवाको खाल थाप्दै आएका छन् ।

 एक दशक प्रहरीको सेटिङमा जुवा खेलाउदै आएका राम लामाको जुवा अखडामा राजधानीमा चल्तीको जुवा अखडामा गनना आउछ । लामाले बालुवाटारमा जुवा खेलाउदै आएका छन् । पाचबर्ष अघि प्रहरीले लामाले चलाएको जुवा अखडामा छामामार्दा नायिका करिष्मा मानन्धरसमेत पक्राउ परेकी थिईन् । लामाको अखडामा निर्बाद रुपमा चलिरहदापनि प्रहरीले मोटोे रकम हात पारेर आ“खा चिम्लीएको आरोप लागेको छ ।

Post a Comment

0 Comments