Subscribe Us

चोरी गर्दा गर्दे सई पक्राउ

 बुटबल । घरमा चोेरी गर्दा गर्दै प्रहरीका बाहाल वाला सई रंगेहात पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी सई (नायव निरीक्षक)  किरणबहादुर रानाभाट पक्राउ परेका हुन् । 

रुपन्देहीको बुटवल ५ गोलपार्कस्थित छायाँ पोख्रेलको घरमा चोरी गर्न पसेका रानाभाटलाई घरकै सदस्यहरुले राति १२ बजे नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । जिल्लाका एसपी राजेन्द्र ढकालले चोरीमा रंगेहात पक्राउ परेका सई रानाभाटलाई बिभागीय कारवाही अघि बढाइएको जानकारी दिएका छन् ।

Post a Comment

0 Comments