Subscribe Us

हत्या अभियोग पुष्टि भएपछि डीआईजी कोईराला बर्खास्ता

काठमाडौं । श्रीमती हत्या गरेको ठहर भएपछि सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोईरालालाई सरकारले सरकारी सेवाबाट बर्खास्त गर्ने नियर्ण गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी कोइरालालाई आगामी दिनमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।

डिआईजी कोइरालाले श्रीमती गीता ढकालाई २०६८ माघमा हत्या गरी शवलाई मकवानपुरको पालुङमा जलाएको अभियोग लागेको थियो ।  गीतको शव २०६८ माघ ९ गते मकवानपुरको पालुङमा जलेर बाँकी रहेका टुक्राहरु भेटिएको थियो । १० वर्षदेखि पत्नी गीतासँग छुट्टिएर बस्दै आएका कोइरालाले प्रेमिका तारा रेग्मीसँग मिलेर श्रीमती गिताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

 डीआईजी कोईरालाको पे्रमिका तारालाई तत्कालिन जिल्ला अदालतले एक लाख धरौटीमा छाडेपनि पुनराबेदनले थुनामा राख्न आदेश दिएको थियो । तर उनि अहिलेसम्म पक्राउ परेकी छैनन् । २०६८ पुस २८ मा पत्नीको हत्या गरेपछि सशस्त्र प्रहरीको सम्पर्क बाहिर रहेका डिआईजी कोइरालालार्इ प्रहरीले काठमाडौंको थानकोटबाट २०६८ माघमा पक्राउ गरेको थियो । 


 हत्या अभियोगमा काठमाडौं जिल्ला अदालतले २०६८ फागुन १४ गते थुनछेक आदेश गर्दै डिआईजी कोइरालालाई थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतले गत वैशाख ७ गते पत्नीहत्या गरेको पुष्टि गर्दै कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। कोइराला अहिले डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्।

 सशस्त्र प्रहरीले डिआईजी कोइरालालाई सेवाबाट बर्खास्त गर्न मंसिर तेस्रो साता गृहमन्त्रालयमा पत्र पठाएको थियो । हत्या अभियोग लागेपछि निलम्बनमा रहेका कोइरालालाई सशस्त्रको पत्रपछि सरकारले बर्खास्त गर्ने निर्णय गरेको हो

Post a Comment

0 Comments