Subscribe Us

चमेलियाको भष्टाचारमा तानिए लोकमान देखि खुमबाहादुर खड्का

काठमाडौं । चमेलिया जलविद्युत आयोजनामा भएको ५५ करोड भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै आयुक्त लोकमानसिंह कार्कीदेखि नेता खुमबहादुर खड्का र गोबिन्दराज जोशिसम्मको हात रहेको दावी लेखा समितीले गरेको छ । 

समितीले नेता विजयकुमार गच्छदार, बलदेव शर्मा, दीपक ज्ञवाली, सर्वेन्द्रनाथ शुक्ला, तुलसी गिरी तथा विद्युत प्राधिकरणका कर्मचारीहरु समेतको हात रहेको दाबी गर्दै कारबाहिको लागी सरकार र अख्तियारलाई निर्देशन दिएको छ । स्रोतका अनुसार सिंहदरवारमा बुधवार बसेको समितिको बैठकले विभिन्न बहानामा ५५ करोड रकम भ्रष्टाचार भएको भन्दै कारबाहीका लागि सरकार र अख्तियारलाई पत्र लेख्ने भएको छ । भ्रष्टाचारमा नेतादेखि उच्च ओहोदाका व्यक्तिहरु समेत संलग्न रहेको भन्दै समितिले सबैलाई कारबाहीका लागि निर्देशन दिने भएको छ । 

समितिका सभापति जनार्दशन शर्माले पत्रकारहरुसित कुराकानी गर्दै चमेलियामा भएको भ्रष्टाचारका सम्वन्धमा छानविन गर्न गठित उपसमितिले दिएको प्रतिवेदनका आधारमा भ्रष्टाचार ठहर भएको जानकारी दिए । अर्डर भेरिएसन गर्दा स्थल अध्ययन र कागजपत्र अध्ययनबिना नै गरिएकोले भ्रष्टाचार भएको र भेरिएसन अर्डर स्वीकृत गर्नेहरुलाई पनि कारबाही गरिनुपर्नेमा उनले जोड दिए । यद्यपी आयोजनालाई भने सञ्चालन गर्न दिनुपर्नेमा लेखा समितिका सदस्यहरुले जोड दिएका छन् । 

 सामान्यतः एक मेघावाट विद्युत निकाल्न १५ करोड खर्चलाई औसत मान्ने गरिन्छ तर यो आयोजनामा भने एक मेघावाटका लागि ५० करोड खर्च भइसकेको छ । आयोजनाको शुरुको कुल लागत आठ अर्व ४९ करोड ५४ लाख ८४ हजार रुपिया रहेको थियो । हाल डिजाइन परिवर्तन, प्रतिकुल भौगर्भिक अवस्था, राइट अफ वे मा पर्ने घर, टहराको मुआब्जा र क्षतिपूर्ति, टर्नेल स्क्वीजिगं आदिले लागत बढ्न गई हाल पहिलेको लागतभन्दा दोब्बर भएको छ ।

Post a Comment

0 Comments