Subscribe Us

सुनमा सुराकी कानूनी भष्टाचार

काठमाडौं । अबैध रुपमा नेपाल भित्रिने सुन पक्राउ पर्दा प्रहरी र राजश्वका कर्मचारीले बदनियत पूर्ण तरिकाले सुराकी खडा गर्ने गरेको रहस्य खुलेको छ । पटकपटक बरामद भएका सुनका सुराकीमा बास्तबिक सुराकीलाई पाखा लगाएर प्रहरी र राजश्वका कर्मचारीको मिलोमतो आफन्तलाई सुराकी खडा गर्ने गरिएको छ । 

गत बर्ष नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले बरामद गरेको सुनमा बास्तबिक सुराकीलाई पाखा लगाएर प्रहरीले आफन्तलाई सुराकी खडा गरेपछि अहिले आधा दर्जन प्रहरीको जागिर धरापमा छ । आईजीपी उपेन्द्रकान्त अर्यालेसमेत लेखा समितिलाई बास्तबिक सुराकीको नाम सार्बजनिक गर्न नमिल्ने भन्दै पन्छिन थालेका छन् । यसबाट नै प्रहरीको नियत कस्तो रहेछ भन्ने कुरा छरप्रष्ट भएको छ ।

 चेकचाँचका क्रममा बरामद भएको सुनमा समेत सुराकी खडा गर्दै प्रहरी र राजश्वका कर्मचारीले करोडौं रुपैयाँ कुमल्याउने गरेको राजश्वका अनुसन्धान अधिकृतहरु बताँउछन् । अहिलेसम्म बरामद भएको सुनमा प्रायजसो प्रहरी र राजश्व कार्यालयका कर्मचारीको नाम भएको तथ्याङकले समेत पुष्टि गरेको छ । पाँच महिना अघि अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले बराबद गरेको सुुनमा अख्तियारकै एक सचिबको आफन्त सुराकीमा राखेका थिए । प्रतिबेदकमा १ सय २४ जनाको नाम राखेको बिभाग स्रोतले बतायो ।

 कानूनले पहिलानै सुराकी दर्ता गराई सुराकीको आधारमा छापा मारेर बरामद भएका समानको मात्र सुराकी बापत रकम दिने नियम छ । तर प्रहरी, राजश्वका कर्मचारीले चेकचाँचका क्रममा बरामद गरिएका सामनको पनि कानूनी रुपमा किर्ते काजजात तयार पारी आफन्त तथा नातागोतालाई सुराकीमा नाम राखेर कमिसन खाने गरेका छन् ।

 ०७० मंसिर १९ गते तातोपानी भन्सारमा चेकचाँचको क्रममा बरामद भएको ५ किलो सुनमा समेत शसस्त्रका डीएसपी अर्जन अधिकारीको आफन्तको नाम रहेको छ । मुचुल्कामा चेकचाँचका क्रममा बरामद भएको र काम तामेल गर्ने तीन जना प्रहरीको नाम भएपनि सुराकी, प्रतिबेदक प्रहरी र राजश्वका कर्मचारीगरी ९० जनाको नाम उल्लेख गरिएपछि कमिसन मोह उदाङ्गीएको हो ।

 पक्राउ परेका चाईनिज जेहुपीलाई कुनै अनुसन्धान नगरीसुन दिने मान्छे थाहा नभएको र सिमा पार भएपछि फोन गर्ने मान्छेलाई सुन दिनु भनेर दिएको बयानकै आधारमा मुद्दा चलाउने तथा सुनको बास्तबिक मालिक पत्ता लगाउन नखोज्नुले प्रहरी र राजश्वका कर्मचारीको सुन तस्करी नियन्त्रण भन्दा पनि कमिशन मोह जागेको पुष्टि भएको छ ।

Post a Comment

0 Comments