Subscribe Us

प्रचण्डका मान्छेका अघि बाबुराम बबुरो

काठमाडौं । राजनीति दाउपेचमा कसैले नयाँ सकुनीको खोजी गरिरहेको छ भने नेपाल आए हुन्छ । नेपाल आएर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे हुन्छ । उनी नेपाली राजनीतिक महाभारतका सकुनीका रुपमा उदाएका छन् । राष्ट्रिय राजनीतिलाई नै गोलमोटल बनाइरहेका प्रचण्डले आन्तरिक राजनीतिमा पनि नेता बाबुराम भट्टराइलाई बबुरो बनाइदिएका छन् ।
 

केन्द्रिय समितिकै वैठकमा ट्वीटरे बाबुरामविरुद्ध प्रचण्डका केन्द्रिय सदस्यहरु खनिएपछि उनको के सीप लाग्थ्यो र ? अध्यक्ष बन्ने अवसर आए जिम्मा लिन्छु भनेका बाबुरामलाई प्रचण्डका अन्य नन्दिभृङ्गी नेताहरुले अगाडी नसार्ने तयारी गरेका छन् । सरे, पार्टी नै विभाजन गर्नेसम्मको धम्की दिने तयारी गरेका छन् । एकातिर पार्टी विभाजनको धम्की र कर्मका कारण यत्रो राष्ट्रिय सम्मेलन विराटनगरमा गरेको केही समय पनि नवितिकन बाबुरामको माग बमोजिम विशेष महाधिवेशनको प्रस्ताव गरेकोप्रति कोही पनि खुसी छैनन् । ‘मुलुकको राजनीति संकटग्रस्त भयो भने हामी चाँही संकटमा परेका छौं । सवै बाबुरामका कारण भएको हो । 

बाबुराम च्याप्दा किरण जीहरुले पार्टी फुटाउनुभयो । अहिले न उहाँहरु संगठित हुनुभयो, न हामी । सवै दक्षिणपन्थीका कारण भइरहेको छ । भारतको ठूलो खेलमा बाबुराम  लागेका छन् ।’, प्रचण्ड निकट स्रोतले भन्यो,‘बाबुरामलाई पार्टी जिम्मा लगाउने हो भने लथालिंग हुन्छ । हामी र एमालेमा केही फरक हुँदैन । दक्षिणपन्थी कम्युनिष्ट नै बन्ने हो भने एमालेमा पार्टी मिसाए भईगयो नि, किन माओवादी, क्रान्तिकारी, जनवादी क्रान्तिको कुरा गर्नु ?’

कतिबेला अध्यक्ष हुन पाउँछु र एमाओवादी हाँक्छु भनेर खुट्टा उचालिरहेका बाबुरामलाई अध्यक्ष बनाउने नाममा प्रचण्डले फ्याँकेको महाधिवेशन र आफु नेतृत्व छाड्न तयार रहेको प्रस्तावले बाबुरामको हड्डी हाँसे पनि उनको हड्डी गलाउने प्रस्ताव हो भन्नेचाँही उनले बुझेका रहेनछन् । लोकतान्त्रिक पद्दती, आन्तरिक लोकतन्त्रको वकालत गर्ने बाबुरामको न केन्द्रिय समितिमा बहुमत छ, न महाधिवेशनका बेला आउने प्रतिनिधिमा बहुमत हुनेछ । अनि, लोकतान्त्रिक विधिबाटै प्रचण्ड सर्वसम्मत र बहुमत सर्वसम्मतका नाममा अध्यक्ष बन्न लागेका छन् ।

  यसो गर्दा प्रचण्डले लोकतान्त्रिक पद्दती पनि अँगालेको र बाबुरामको  दम्भ पनि भत्काएको सावित हुनेछ । उता, अन्य माओवादीसँग एकताको प्रस्ताव गरिरहँदा महाधिवेशनमा उनीहरुलाई समेट्ने प्रयत्न पनि प्रचण्डले गरेका छन् । यदि सहमति हुने अवस्था आए मोहन वैद्य किरणलाई नै अध्यक्ष मानेर जाने प्रस्तावको पनि तयारी भएको छ । त्यसो भए नेतृत्व परिवर्तनको कुराले बाबुराम हौसिए पनि उनी बबुरो नै सावित हुने बताइएको छ । 

Post a Comment

0 Comments