Subscribe Us

दैनिक २० लाख ठगी गर्दै बुद्ध एयर

यात्रु र बुद्ध एयरसंग काम गर्ने केहि ट्राभल्सहरुले एयरले राज्यले प्रदान गरेको नैसर्गिक अधिकारको बन्देज लगाई प्रजातान्त्रीक मुलकमा कानूनी राज्यको खिल्ली उडाएको आरोप लगाउदै बिभिन्न निकायमा उजुरी हालेका छन् ।

काठमाडौं । नेपालको आकसमा एक छत्रराज गरीरहेको बुद्ध एयरले दैनीक लाखौ रुपैयाँ यात्रुबाट ठगी गर्ने गरेको खुलासा भएको छ । एयरले टिकट बनाएपछि फिर्ता नहुने तथा रद्धसमेत नर्गेने हुदा दैनीक यात्रुले काटेको टिकटबाट लाखौं रुपैया असुल्दै आएको छ । अन्य एयरले उडानहुनु भन्दा केहि घण्टा अगाडी जानकारी गराए केहि प्रतिशत चार्च लिएर टिकट रद्धगरी यात्रुको पैसा फिर्ता दिने गरेका छन् । तर बुद्ध एयरले कानुनको उल्घन गरी दैनीक २० लाख बराबर ठगी गर्दै आउदापनि सम्बन्धी निकाय मौन रहनाले ठूलै आर्धिक चलखेल भएको अनुमान गर्न सकिन्छ ।

 दैनिक २० लाखले मासिक ४ करोड रुपैया बिना लगानी एयरले ठगी गर्दै आएको छ । एयरले सस्तो भाडा फिर्ता नहुने भन्दै यात्रुलाई एकै टिकटको दुई पटक मूल्य र २ पटकसम्म एयरपोर्ट चार्च असुल्दै आएकोे छ । यात्रु र बुद्ध एयरसंग काम गर्ने केहि ट्राभल्सहरुले एयरले राज्यले प्रदान गरेको नैसर्गिक अधिकारको बन्देज लगाई प्रजातान्त्रीक मुलकमा कानूनी राज्यको खिल्ली उडाएको आरोप लगाउदै बिभिन्न निकायमा उजुरी हालेका छन् । एयरले टिकटमा कार्टेलिङसम्म गर्ने गरेको उजुरीमा उल्लेख छ । 

यएरले आफु मनोमानी आफ्नो भाडादर र टिकट जारी भए पश्चात क्यासिलयनकासाथै रिफन्ड नर्गेने हुदा दिनैक सयौं यात्रु ठगीने गरेको दाबीकासाथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रधानमन्त्री कार्यालयमासमेत उजुरीको चाङ परेको छ । बुद्ध एयरको तथ्याङक अनुसार हाल सरदर दैनिक ८ देखि १० प्रतिशत सस्तो टिकट जारी गरेका यात्रु उड्दैनन् । 

सोहि तथ्याङलाई आधार मान्ने हो भने एयरस“ग भएको ४८ र ७२ सिट क्षमताका जहाजहरुको सस्तो टिकट फिर्ता नहुने हो भने दैनिक ५६ सिट हुन आउछ । जसमा आधा ४८ सिट र ७२ सिट क्षमतको जहाजको क्ष्ँमताको संख्यालाई जोड्ने हो भने ४८ सय हुन आउछ । सबै भन्दा न्यनतम ४५ सयको ८ प्रतिशत पैसा फिर्ता नहुने यात्रुको सख्या जोड्ने हो भने दैनिक ३ सय ६० पुग्दछ । हाल बुद्ध एयरले ६ हजार ६ सयसम्मको टिकटको पैसा फिर्ता दिने गरेको छैनन् ।

 सबै सेक्टरलाई सरदर राखेर जोड्ने हो भने प्रति व्यक्ति ४५ सयको दरले ३ सय ६० जनाको  दैनिक सोह्लाख बुद्ध एयरले झ्वाम पार्दै आएको छ । यहि हिसाबले बुद्ध एयरले मासिक  पा“च करोड रुपैया सर्ब साधारणबाट ठगी गर्दै राज्यलाईसमेत ट्याकस छली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।

Post a Comment

0 Comments