Subscribe Us

लागूऔषधको कारोबारमा युबती सक्रिय, महको डिब्बामा चरेस भरेर हङ्गकङ्ग सप्लाई

काठमाडौ । लागूऔषधको कारोबार तथा ओसारपसारमा युबतीहरुको प्रयोग बढ्न थालेको छ । कारोबारीहरुले ओसारपसारमा युबतीहरुलाई प्रयोग गर्ने गरेको तथा केही युबती आफै लागूऔषधको कारोबारमा सक्रिय रहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले पक्राउ गरेका कारोबारीबाट पुष्टि हुने गरेको छ ।
 
 ब्यूरोबाट खटिएको टोलीले चितवन आँपटारी–३ घर भई पर्सा वीरगंज बस्ने २१ बर्षीया विनिता बुडासैनी, ललितपुर–१५ सातदोवाटो बस्ने २५ बर्षीया बसन्ती खड्का, ललितपुर सातदोवाटो बस्ने २३ बर्षीया शर्मिला लामालाई नियन्त्रित लागूऔषधसहित पक्राउ गरेपछि पछिल्लो समय लागूऔषधको कारोबारमा युबतीको प्रयोग बढेको हो । ब्यूरोले बुडासैनीसँग नियन्त्रित लागूऔषध बुप्रेनर्फिन १ सय ५८ थान, डाइजेपाम १ सय ५८ थान र फेनारगन १ सय ५८ थानसहित बुधबार कलंकीबाट पक्राउ गरेको जनाएको छ ।
 
 त्यसतै ब्यूराले बसन्ती खड्का, शर्मिला लामा र २५ बर्षीय सरोज खड्काकोसाथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ९३ थान, बुप्रेनर्फिन ९३ थान, फेनारगन ९३ थानसहित बालकुमारी पुल नजिकबाट पक्राउ गरेको छ । यसैगरी पर्सा जगरन्थपुर–३ बस्ने दीपेन्द्र माझी र ४० बर्षीय हिरामान यादवलाई प्रहरीले लागूऔषध गाँजा १० के.जी.सहित पक्राउ गरेको छ । 
 
उनीहरुलाई विहिबार तुल्सिवर्वामा ग.१ प ६४२७ नम्वरको मोटरसाइकलमा  भारततर्फ जाँदै गरेको अवस्थामा गस्तीमा खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको जनाएको छ । त्यसैगरी ब्यूरोले गत २३ गते ठमेल स्थित ब्लु स्टार कार्गो मार्फत काठमाण्डौबाट हङ्गकङ्ग पठाउन लागेको महले भरिएको डिब्बा भित्र फल्सबटम बनाई लुकाई राखेको अवस्थामा अवैध लागू औषध चरेस ८ किलो ३०० ग्राम बरामत गरेको छ । 
 
ब्यूरोले चरेसको कारोबारमा सक्रिय रहेका झापा जलथल–८ घर भई ल.पु मानभवन वस्ने वर्ष ३६ को केशर लिम्वु भन्ने धन वहादुर फागो लिम्वु, चितवन भरतपुर न.पा.३ घर भई का.जि.बुद्धनगर वस्ने वर्ष ४६ को तिर्थ नाथ सापकोटा र लम्जु«ङ कोल्की–१ घर भई का.जि. सरस्वती–६ टोखा डेरा गरी बस्ने वर्ष ४९ को मन वहादुर गुरुङ्गलाई पक्राउ गरी आबश्यक कारवाही अगाडी बढाएको जनाएको छ । अनुसन्धानको क्रममा ब्यूरोले कारोबारी मध्यका गुरुङ्गको टोखास्थित कोठाबाट समेत सोही प्रकृतिका बट्टाहरु र थप ७ किलो ७०० ग्राम चरेस गत २४ गते बरामद गरिएको जनाएको छ ।

Post a Comment

0 Comments