Subscribe Us

नेपाली बिद्यार्थीलाई बैंककमा अपहरण गरी नेपालमा फिरौती माग्ने गिरोह पक्राउ

पक्राउ परेका अपहरणकारी
काठमाडौं । थाइल्यान्डको बैंककमा भएको नेपाली बिद्यार्थी अपहरण काण्डमा प्रहरीले तिन ब्यक्तिलाई पक्राउ गरी बुधवार सार्बजनिक गरेको छ । नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान ब्यूरोले  विद्यार्थी अपहरण गर्न मतियारको भूमिका खेलेको आरोपमा पाकिस्तानी मुलका बाबु रहेका थाई नागरिक २२ वर्षीय युकास रेहमान, ४६ वर्षीय मोहम्मद जालिर र सर्लाही छतौना–९ बस्ने ३० वर्षीय सुजन यादव भनिने श्रीचन रायलाई पक्राउ गरेको हो । 

जालिर पाकिस्तानी मुलमा घटना हुनुभन्दा २० दिन अगाडि मलेसियाबाट बैंकक आएको ब्यूरोको अनुसन्धानबाट खुलासा भएको छ । त्यसतै पक्राउ परेका राय  मातृका यादव नेतृत्वको नेकपा माओवादीका वैकल्पिक केन्द्रीय सदस्य रहेकोसमेत प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । रायले ब्युरोले खड्गा भद्रकालीबाट बुधबार पक्राउ गरेको जनाएको छ । 

 ब्युरोका डिआइजी हेमन्त मल्लका अनुसार रायले बैंकका अपहरणकारीसँग समन्वय गरी अपहरितको परिवारसँग फिरौती रकमको डिलु गरेका थिए। अपहरणमा परेका बिद्यार्थीका अभिभावकले पुस ६ गते ब्यूरोलाई जानकारी गराएपछि व्यूरोबाट प्रहरी उपरीक्षक पिताम्बर अधिकारीको टोली बैंककतर्फ प्रस्थान गरेको थियो । नेपाल प्रहरीले स्थानीय प्रहरीसँग समन्वय गरी अनुसन्धानको क्रममा अपहरणमा परेका ३ जनालाई सकुशल रिहा गराउन सफल भएको थियो । 

घटनामा संलग्न २ जनालाई पुस मंगलवार र अपहरण बापतको रकम बुझि लिने भन्ने श्रीचन रायलाई बुधवार व्यूरोले पक्राउ गर्न सफल भएको थियो । बैंककको एजप्सन विश्वविद्यालयमा अध्ययनरत कर्ण हाछेथू, दिवस रिजाल र रोनिस श्रेष्ठ शुक्रबार बेलुका ट्याक्सीमा घुम्न निस्किएका बेला सम्पर्कविहीन भएका थिए। केही व्यक्तिले उनीहरु परिवारलाई शनिबार फोन गरी प्रतिव्यक्ति एक करोड नेपाली रुपैयाँ फिरौती मागेपछि उनीहरु अपहरित भएको खुलेको थियो।

मंगलबार दिउसो नेपाल प्रहरी र बैंकक प्रहरीको संयुक्त अपरेसनमा तीन विद्यार्थीलाई अपहरणमुक्त गराउँदै अपहरणमा संलग्न एक पाकिस्तानी र एक थाइ नागरिकलाई पक्राउ गरेको थियो। शुक्रबार अली नाम गरेका एक पाकिस्तानीले आफ्नो अस्ट्रेलियाको भिसा लागेको भन्दै उनीहरुलाई पार्टी दिन विश्वविद्यालयबाट बाहिर निकालेर एक अपार्टमेन्टमा लगेर बन्धक बनाएका थिए।

डिआइजी मल्लका अनुसार उनीहरुले अपहरित विद्यार्थीकै मोबाइल प्रयोग गरेर नेपालमा फिरौती रकम मागेका थिए। प्रहरी अनुसन्धानमा अपहरणमा अन्य देशका नागरिकसमेत संलग्न रहेको देखिए पनि पुष्टि नभइसकेको भन्दै प्रहरीले अन्य विवरण सार्वजनिक गरेको छैन् ।

Post a Comment

0 Comments