Subscribe Us

डीआईजी बनाउन मोलमोलाई सुरु

काठमाडौं । नेपाल प्रहरीमा रिक्त चार डीआईजीको पद र उनीहरुको मुद्दा किनारा नलाग्दै बढुवा हुन नपाएका डीआईजीहरु बढुवाका लागि शक्ति केन्द्रमा धाउन थालेका छन् । अर्कोतिर, आफूलाई बढुवा नदिएर विभागले अन्याय गरेको भन्दै डीआईजी बन्ने दौडमा लागेका एसएसपीहरुसँग गृहमन्त्री बामदेब गौतमका एजेन्टहरुले मोलमोलाई सुरु गरेका छन् । 

रिक्त चार डीआईजी पदका लागि डीआईजी बन्न चाहाने प्रत्येक उम्मेदवारबाट २५ लाख रुपैयाँको दरले बाग्रेनिङ भइरहेको स्रोत बताउँछ । डीआईजी बन्ने प्रतिस्पर्धामा ०६६ मंसिर २२, ०६७ जेठ ३०, ०६७ माघ १५ र ०६८ चैत्र २८ गते एसएसपीमा बढुवा भएका चार टोली रहेका छन् । 

उल्लेख भएका टोलीहरुबाट एसएसपी बनेका रोलक्रममा समेत अगाडि रहेका एसएसपीहरु हेमन्त पाल, गाविन्द निरौला, घनानन्द भट्ट र रमेश फूयाँल बढुवा हुने निश्चित तथा रकम नडुब्ने ग्यारेन्टी भएको खण्डमा रकम दिन ईच्छुक रहेको स्रोत बताउँछ । त्यस्तै, एसएसपीद्धय केदारमानसिंह भण्डारी र गणेश केसी पनि कुनै पनि हालतमा यसपटक डीआईजी बन्ने सपना बुनेका छन्

Post a Comment

0 Comments