Subscribe Us

कोरियाले २०१५ मा ५५ हजार कामदार भित्राउने

सोल – दक्षिण कोरियाले ईपियसमार्फत सन् २०१५ मा ५५ हजार प्रवासी कामदार भित्राउने भएको छ । प्रवासी मजदुर नीति कार्यान्वयन समितिले प्रस्ताव गरेको उक्त कोटालाई प्रधानमन्त्रीको सचिवालयले स्वीकृत गरेको हो ।स्वीकृत कोटा औद्योगिक उत्पादन,कृषि,मत्स्यपालन,निर्माण र सेवा क्षेत्रका लागि छुट्याइएको छ । ५५ हजारमध्ये पहिलोपल्ट कोरिया प्रवेश गर्ने नयाँ मजदुरका लागि ४५ हजार छुट्याइएको छ । 

त्यस्तै प्रथम कार्याविधि पूरा गरेर पुनः प्रवेश गर्ने मजदुरहरुका लागि १० हजार छुट्याइएको छ । यही कोटाबाट चौथो भाषा परीक्षा उत्तीर्ण गरेका ३ हजार ६ सय ६३ नेपाली उम्मेदवार कोरिया आउनेछन् । उक्त कोटा गत वर्षको भन्दा २ हजार बढी हो ।

समितिको बैठकले कामका क्षेत्रका आधारमा कोटा निर्धारण गरेको थियो । जसअनुसार उत्पादन क्षेत्रमा ४२ हजार ४ सय , कृषि क्षेत्रमा ६ हजार, निर्माण क्षेत्रमा २ हजार ३ सय,मत्स्यपालनमा २ हजार २ सय र सेवा क्षेत्रमा १ सय रहेको छ । 

२ हजार कोटा भने कम्पनीमा कामदारको माग बढी भएमा मात्र वितरण गर्ने समितिले निर्णय गरेको छ । कम्पनीहरुले मजदुरको माग नगरे २०१५ मा ५३ हजार प्रवासी कामदार मात्र कोरिया आउनेछन् ।कोरियाले २००४ देखि ईपीयसमार्फत अदक्ष कामदार नेपाललगायत १५ देशबाट भित्र्याउँदै आएको छ । यहाँ नेपाली कामदार २००८ देखि आउन सुरु गरेका हुन्,आजको कान्तिपुर दैनिकमा खबर छ ।

Post a Comment

0 Comments