Subscribe Us

सशस्त्रका आइजीपी वन्तको मनपरी

काठमाडौं सशस्त्र प्रहरीका आइजीपी कोषराज वन्तको मनपरी र गैरकानुनी कार्यका कारण नियम कानुन भताभुंग भएको छ । २०६० सालदेखि सशस्त्रको टुकडी लाईबेरिया लगायतको देशमा जाँदै आएको छ । यसमा परिचरदेखिका जनशत्तिले जाने मौका पाउँछन् । शुरुमा आईजीपी, एआईजी, नेताका आसेपासेले मात्र अगाडि जान प्रयास गर्दै आएकोमा तत्कालिन मानवश्रोत बिकास प्रमुख एआईजी सनत बस्नेतले बासुदेव वली आईजीपी रहदा यस्लाई स्पष्ट नियममा बाँधे । जसका कारण कोही कसैले भनसुन गर्नु पर्ने स्थिति आएन र बिना झण्झट आफ्नो पालोमा जाने प्रकृयाको थालनी भयो ।  
त्यस्तै आईजीपी शैलेन्द्र श्रेष्ठको पालासम्म पनि यो स्थिति चल्यो । जसले गर्दा फौजमा पनि मनोबल उच्च बन्दै गयो । तर जव प्राविधिक पृष्ठभूमिका वन्त आईजीपी बने उनले यसलाइ भताभुंग बनाएको उनकै क्रियाकलापबाट खुलेको छ । वन्तलाई यस कार्यमा डिआईजी पुष्पराम केसीले समेत साथ दिएका छन् । संगठन भित्रका कोही कसैलाई थाहा नदिइ दुईजनाको तजवीजमा मात्र निर्देशिका बनाइएका कारण एआईजी, डीआईजी सम्मले पनि हेर्न नपाएको स्रोत बताउछ ।  
केन्द्रीय सिनियरिटी भन्दै सवैलाई हेडक्वार्टरबाट छानेर पठाउन थालियो । वन्तले प्रत्येक ६ महिनामा आफूखुशी नियम बदल्दै आएको समेत चर्चा छ । जसको कारण आफ्ना निवास, अफिसमा काम गर्नेहरु बिना प्रतिस्पर्धा भिआईपी कोटा भन्दै प्राय गैसकेका छन् भने नेताको कोटा अलग्गै राख्ने गरिएको छ । त्यसो त नाचटोलीका युवतीहरुलाई मिसन हालिदिने आश्वासन दिंदै कार्यालयमै शारीरिक शोषण हुदै आएको समेत हलचोकमा चर्चा छ । त्यसैगरी आईजीपी वन्तमाथि सवै क्षेत्र, सम्प्रदाय तथा पृष्ठभूमिका जनशक्तिलाई समान ब्यवहार देखाउदै अभिभावकीय भुमिका निर्वाह गर्नु पर्नेमा प्रारम्भदेखि नै घृणित चरित्र प्रदर्शन गर्दै आएको आरोप लाग्ने गरेको छ । सुदुरपश्चिम क्षेत्रका कसैलाई पनि नरुचाउने वन्तले ३ बर्ष सम्म उक्त क्षेत्रको भ्रमण गर्ने हिम्मत पनि गरेनन् । त्यस क्षेत्रका अधिकृतहरुलाई छानी छानी उनले खेदेका छन् । यसको उदाहरण एसपी जनक बोहोरा हुन् । फौजका अनुभवी, ईमान्दार खारिएका बोहोरालाई ३ बर्ष सम्म कुनै कमाण्ड नदिइ अन्याय गरिएको छ ।  
त्यस्तै एसपीहरु चन्द्रप्रसाद भट्ट, गजेन्द्र शाही, हर्क रावल, तारादत्त पन्त, पद्म सिंह ऐर सुदुरपश्चिमकै भएका कारण कमाण्डबाट बञ्चित भएका छन् । डीएसपीहरु पूर्ण सावद, दिपेन्द्र शाह, चन्द्रदेव भट्ट, डिडि पन्त, प्रदीप सिंह कार्की, पूर्ण कु“वर, हर्क बिष्टलगायत धेरैलाई खेदिएको छ भने लेखापाल दिने बेलामा पनि उक्त क्षेत्रकालाई बञ्चित गरिदै आएको छ । 

 यसका अलावा नेवार र प्राविधिक भनेपछि पहिलो प्राथमिकता दिएका छन् वन्तले । जसको उदाहरण उपत्यकामा रहेका ५ वटा गण मध्ये ५ वटैको कमाण्डरबाट थाहा हुन्छ । बगलामुखी कार्यदल गणमा एसपी किशोर प्रधान (निजले जवान, असई, ईन्सपेक्टरको अनिवार्य आधारभूत तालीम समेत गरेका छैनन् उनी स्पेसल टाक्स फोर्सको कमाण्डर छन्) । निलबराही गण बलम्बुमा एसपी कालिदास धौवजी श्रेष्ठ (प्राविधिक) छन् भने सिनामंगलमा एसपी राजु श्रेष्ठ, ललितपुरमा अरुण शंकर तिम्ला श्रेष्ठ तथा कालिन्चोक गण बल्खुमा वीरबहादुर श्रेष्ठ लेखापाललाई कमाण्डर बनाइएको छ ।  
हेडक्वार्टरमा संचार प्रमुख राजुराम सुवाल, मर्मत शाखा डिएपी शैलेश श्रेष्ठ, आर्मोर शाखा समेनन्द बज्राचार्य, आर्थिक प्रशासन कविन्द्रमान श्रेष्ठ, प्रवक्ता सिंहबहादुर श्रेष्ठ, पिएको जिम्मेवारी सचिन कर्माचार्यलाई दिएका छन् । बाहिरको कमाण्डमा पनि बिपद् उद्धार तालीम केन्द्रका एसएसपी रामप्रकाश श्रेष्ठ लगातार सातौं कमाण्ड पाउने भाग्यमानी नातेदार हुन् भने पोखरामा एसएसपी राजेश श्रेष्ठ पनि नातेदारै हुन् । राजेश श्रेष्ठ अहिलेको मर्यादाक्रममा छैटौं नम्बरमा रहे पनि पहिलो नम्बरमा डीआईजीमा ल्याउन अनेका जुक्ति सिकाउँदै हिंडेका छन् । यूनाईटेडपोष्ट साप्ताहिबाट

Post a Comment

0 Comments