Subscribe Us

दुई दिनको सवारी दुर्घटनामा २७ ले ज्यान गुमाए, ५ दर्जन भन्दा बढी घाईते

 काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर २७ जनाले ज्यान गुमाएका छन् भने ५ दर्जन भन्दा बढी घाईते भएका छन् । । सुर्खेत, मकवानपुर, काभ्रे, काठमाडौँ, सिराहा र बर्दियामा भएका सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या २७ पुगेको हो । सुर्खेतमा भएको सवारी दुर्घटनामा परी आइतबार सबैभन्दा बढी १८ जनाले ज्यान गुमाएका थिए । सुर्खेत पोखरीकाँडा–९ कालिखोला अमलिसेस्थित कर्णाली लोकमार्गमा आइतबार साँझ ना.४ ख ६८५७ नम्वरको बस भिरबाट अन्दाजी ५ सय मिटर तल खस्दाा १८ जना यात्रुहरुको मृत्यु भएको थियो । 

दुर्घटनामा १४ जनाको घटनास्थलर्मै मृत्यु भएको थियो भने गम्भीर घाइते बाजुरा जिल्ला गोत्री–२ बस्ने ५० बर्षीय मनराज विष्ट, ४५ बर्षीय पंखे सार्कीको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारकोक्रममा तथा बसचालक छिन्चु–७ बस्ने २४ बर्षीय बिनबहादुर बुढालाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लैजाने क्रममा बाटैमा र बाजुरा गोत्री–१ बस्ने ४३ बर्षीय पुने कार्की नेपालगंज नर्सिङहोममा उपचारकोक्रममा मृत्यु भएको थियो । घाइते भएका ४९ जनालाई सुर्खेतस्थित विभिन्न नर्सिङहोम, मेडिकल कलेज कोहलपुर, क्षेत्रीय अस्पताल सुर्खेतमा  उपचार भईरहेको प्रहरीले जनाएको छ ।
 त्यसतै मकवानपुर सिस्नेरी–५ पाण्डेडाँडामा ना.१ ज २४६७ नम्बरको टाटासुमो सोमबार सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा टाटासुमोमा सवार ११ जनामध्ये २ पुरुष र ३ महिला गरी ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ पुरुष र ३ महिला घाइते भएकोले उपचारको लागि काठमाडौंतर्फ ल्याईएको प्रहरीले बताएको छ । 
    
 उता काभ्रे पाँचखाल नगरपालिका–७ स्थित अरनिको लोकमार्ग बा.२ ख १७९६ नम्बरको ट्रिपर सोमबार  अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खस्दा गम्भीर घाइते भएका पनौती नगरपालिका–९ मल्पी बस्ने चालक २५ वर्षीय सुभाष खत्रीको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको छ । अर्का  घाइते धादिङ्ग आरुबोट–५ बस्ने सहचालक १७ वर्षीय राहुल क्षेत्रीको अवस्था सामान्य रहेको छ ।

 काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय नजिक बा.२ ख ३७ नम्वरको बसमा बा.६३ प ४३२४ नम्वरको स्कुटर आइतबार ठक्कर खाँदा गम्भीर घाइते भएकी स्कुटर चालक म्याग्दी बेनी नगरपालिका–१३ घर भई बुद्धनगर बस्ने २१ बर्षीया शान्ता हमालको अन्नपूर्ण अस्पताल माइतीघरमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
सिराहा अर्नाम–६ स्थित सडकमा स.१ त ३८९६ नम्वरको ट्याक्टरको ठक्करबाट आइतबार गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ११ बर्षीय मुकेश महतोको नोवेल अस्पताल बिराटनगरमा उपचारकोक्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ । बर्दिया पशुपति नगरपालिका–२ बिन्द्रा बस्ने राजकुमार चौधरीले पाताभारदेखि बिन्द्रातर्फ चलाई लगेको भे.१ त ५५१३ नम्वरको ट्याक्टर सोमबार सोही नगरपालिका–२ सुखारस्थित सहायक रोडबाट कुलोमा पल्टन गएर दुर्घटना हुँदा सह–चालक २२ बर्षीय सुरेन्द्र चौधरीको ट्याक्टरले च्यापेर घटनास्थलमै मृत्यु भएको छ ।

Post a Comment

0 Comments