Subscribe Us

सेक्स स्क्याण्डलमा मुछिएकी श्वेतालाई अदालतले दियो क्लिन चिट

मुम्बइ । नेशनल अवार्ड हात पार्न सफल भएकी अभिनेत्री श्वेता वशुलाई सेक्स स्क्याण्डलको मुद्धामा हैदरावादको अदालतले क्लिन चिट दिएको छ । यस मुद्दामा जोडिएका केही प्रश्नहरू पनि अझै बाँकी छन् । 

श्वेता केही महिना पहिले हैदरावादको एक पाँच तारे होटेलबाट सेक्स स्क्याण्डलको आरोपमा पक्राउ परेकी थिइन् । उक्त क्रममा प्रहरीले श्वेतासहित अन्य थुप्रै हाइ प्रोफाइल युवतीहरूलाई पनि पक्राउ गरेको थियो ।

श्वेतालाई पक्राउ गर्ने क्रममा उनको साथमा मुम्बईका एक ठुला व्यापारीलाई समेत रहेका थिए । अहिलेसम्म उक्त व्यक्तिका बारेमा कुनै जानकारी भने दिएको छैन् । २ महिना सुधारगृहमा बिताएपछि श्वेता वशु प्रसाद बाहिर आएकी छिन् र उनी पुनः सक्रिय भएकी छिन् । श्वेताको नाम यसअघि पनि सेक्स स्क्याण्डलसँग जोडिएको थियो । उनले आफू वैश्या नभएको र आफ्नो कुनै पनि सेक्स स्क्याण्डलसँग सम्बन्ध नभएको बताएकी थिइन् । उनले आफूलाई गलत बुझाईका कारण पक्राउ गरिएको बताउँदै आएकी थिइन् ।

क्लिन चीट पाएपछि श्वेताले राहतको स्वास लिइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले आफ्ना परिवारसँग पनि खुसी बाँडेकी उनले भनिन्, ‘मैले आफ्नो परिवारले निकै लामो समय पछि हासेको देखेको छु ।’श्वेता पक्राउ भएपछि बलिउडका केही मानिसहरूले खुलेर र उनको समर्थन गर्दै आएका थिए । श्वेतालाई हंसल मेहता र विशाल भारद्धाजले चलचित्रको अफर समेत गरेका थिए । अब श्वेतालाई अनुराग कश्यप, विकास बहल र विक्रमादित्य मोटवानीको प्रोडक्शन हाउसले स्क्रिप्ट कन्सल्टेन्टको जागिर समेत दिएका छन् ।

Post a Comment

0 Comments