Subscribe Us

राजश्वका डीजी शर्मालाई एक हजार जरिवाना

काठमाडौं । अदालतको अपहेलना गरेको ठहर गर्दै आन्तरिक राजश्व कार्यालयका महानिर्देशक चुडामणी शर्मालाई पुनराबेदन अदालतले एक हजार रुपैयाँ जरिवाना गरेको छ । गत पुस ९ गते पुनराबेदन अदालत पाटनका न्यायाधीशद्धय नाराणप्रसाद दाहाल र मनोजकुमार शर्माको ईजालसले शर्मालाई अदालतको अपहेलना गरेको ठहर गर्दै जरिवाना फैसला सुनाएको हो । 

तात्कालिन समयमा काठमाडौंका जिल्ला प्रशासन प्रमुखमा कार्यारत रहँदा शर्माले कानून ब्यबसायी ओमप्रकाश नेवाङलाई लेनदेनको मुद्दामा पक्राउ नगर्नु–नगराउनु भन्ने पुनराबेदन अदालतको आदेशलाई धोती लगाउँदै कानून ब्यबसायी नेवाङलाई पक्राउ गरेपछि शर्माबिरुद्ध पुनराबेदन अदालतमा अपहेलना मुद्दा परेको थियो । 

सो बेलादेखि तारिख धाउदै आएका शर्माबिरुद्ध पुनराबेदन अदालतले अपहेलना गरेको ठहर गर्दै ९ गते जरिवाना फैसला सुनाएको हो । नेवाङको श्रीमतीले गरेको कारोबारमा शर्माले पदको दुरुप्रयोग गर्दै कानून ब्यबसायी नेवाङलाई अपहरण शैलीमा पक्राउ गरी आफ्नो कार्यालय काठमाडौंमा ल्याई जर्बजस्ती कागज गराएपछि घटनाले नयाँ मोड लिएकोे थियो ।
 
कानून ब्यबसायीलाई पक्राउ गरेको हल्ला एकाएक काठमाडौं बारमा चलेपछि काठमाडौं बारका सम्पूर्ण कानून ब्यबसायीहरुले सिडीओ कार्यालय पुगेर नेम्वाङ्लाई पक्राउ गर्नुपर्ने आधार र कारण सोधेका थिए । त्यसपछि निरही भएर शर्माले नेवाङलाई तारिखमा छाडेका थिए । आफूबिरुद्ध बिना कारण सिडीओ शर्माले पक्राउ तथा धरपकड गरी लेनदेनको कागज गराएको भन्दै कानून ब्यबसायी नेम्वाङ्ले निषेधाज्ञा समेतको निबेदन २०६९ माग १० गते पुनराबेदन अदालत पाटनमा दिएका थिए । 

रिटमा पुनराबेदनले अन्तरिम आदेश गर्दै नेम्वाङ्लाई पक्राउ गर्ने गराउने काम नगर्नु भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आदेश दिएको थियो । तर पुनः ‘तेरो अदालतको आदेशलाई धोती लगाईदिन्छु भन्दै सिडीओ शर्माले नेवाङलाई जर्बजस्ती हिरासतमा लिएपछि शर्माबिरुद्ध अदालतको अपहेलना मुद्दा परेको थियो । सोही मुद्दामा हाल आन्तरिक राजश्व कार्यालय कार्यालय लाजिम्पाटका महानिर्देशक शर्मालाई एक हजार जरिवाना भएको हो । कानूनमा स्तातक गरेका शर्मालाई नै अदालतले जरिवाना गरेपछि हाँसो छाएको छ । 

शर्माले ब्यबस्थापनमा एमबीए, एमपीए, शिक्षामा बिएड, अग्रेजीमा डिप्लोमा समेत गरेका छन् । अहिले पनि शर्मा जनप्रशासन क्याम्पसमा एमफिल गर्दैछन् । बिद्धान तथा सरकारी उच्चपदमा रहेका शर्माबाट नै कानूनको उल्लघन हुन्छ भने योे देशमा कानून राज कहिले आउँछ ? प्रश्न उब्जिएको छ । शर्मा बिराटनगरमा सुगम ग्याँसले गरेको राजश्व छली काण्डमा मुछिएका थिए भने काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयको प्रमुख हुँदा मनलाग्दी हतियारको लाइसेन्स बाँडेको उनीमाथि आरोप छ । 

Post a Comment

0 Comments