Subscribe Us

माघ ८ मा संविधन जारी नभए चार वर्षपछि पनि संविधान बन्दैन

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आगामी माघ ८ मा संविधन जारी नगर्ने हो भने चार वर्षपछि पनि संविधान नवन्ने दाबी गरेका छन् । युवा संघ नेपाल काठमाडौँ जिल्लाले सोमबार राजधानीमा आयोजना गरेको ‘बढ्दो सडक दुर्घटना तथा न्युनिकरण’ विषयक अन्तरक्रियामा उहाँले यस्तो दाबी गरेका हुन । नेपालले प्रमुख दलबीच मिलनविन्दु खोजेर भए पनि माघ ८ मै संविधान जारी गर्नु पर्नेमा जोड दिए । ‘एमाले आगामी माघ ८ मा संविधान जारी गर्न कतिसम्म लचिलो हुनुपर्ने हो त्यसमा तयार छ,’
 
 उनले एमाओवादीप्रति लक्षित गर्दै भने, ‘काँग्रेस एमालेले पेलेर बहुमतका आधारमा संविधान जारी गर्न खोजे भनेर आरोप लगाउनेहरुले पनि हामी यो विन्दुसम्म मिलेर जान तयार छौँ भनेर प्रस्ताव ल्याउनु प¥यो नि ?’ नेपालले नेकपा एमाले कुनै पनि हालतमा जातिय संघीयतका पक्षमा नरहेको प्रष्ट पार्दै एमाओवादी लचिलो भए त्यसको मिलनविन्दु खोज्न सकिने बताए ।‘मैले एमाओवादीका नेताहरुलाई मिलनविन्दुको प्रस्ताव ल्याउनुहोस भनेको छु,’ नेपालले भने, ‘उहाँहरु संविधान जारी गर्ने पक्षमा हुनुहुन्छ भने त्यस्तो प्रस्ताव ल्याउनु हुन्छ । 
 
होइन भने माघ ८ मा जसरी पनि संविधान जारी हुन्छ ।’ नेपालले सञ्चारकर्मीहरुलाई पनि माघ ८ गते नै संविधान जारी गर्न दवाव दिन आग्रह गरे । कार्यक्रमा नेपालले नेपालमा सडकको गुण्ाँस्तर कमजोर भएको, गाडीको अवस्था नाजुक भएको, चालक सक्षम नभएको र आम जनतामा सडकसम्वन्धी जनचेतनाको अभावले दिनप्रतिदिन दुर्घटना बढ्दै गएको दाबी गरे । नेपालले दुर्घटनामा दोषी देखिएका चालकलाई कारबाहीको समेत माग गरे । 
 
उनले सडक दुर्घटना वृद्धि हुुनुको प्रमुख दोषी प्रधानमन्त्री भएको भन्दै त्यसका लागि त्यहीबाट पहल थाल्नु पर्ने बताए । कार्यक्रमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, युवा संघ नेपालका उपाध्यक्ष दिलु पन्त, अनेरास्ववियुका उपाध्यक्ष थोमस बास्तोला, युवा संघ नेपाल काठमाडौं जिल्ला कमिटीका अध्यक्ष नितेश पौडेललगायतले बोलेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीम ज्वाला राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Post a Comment

0 Comments