Subscribe Us

३५ किलो सुन कमिसनमा लेखासमितीको गिद्दे नजर, आउँदै नआएको पैसाको लागि हानथाप

काठमाडौं । मुलुकको जल्दाबल्दा समस्यालाई छाडेर संसदको लेखा समिति अब सुराकी रकम कसले पायो कि पाएन ? भन्दै अनुसन्धानमा ब्यस्त हुन थालेको छ । यतिखेर, ३५ किलो सुन बरामद काण्डका सुराकी दिनेले नियम अनुसार रकम नपाएको भन्दै लेखा समितिमा उजुरी गरेपछि प्रहरी संगठनभित्र नै हलचल मच्चिएको छ । सो विषयमा लेखा समितिले आइतबार छलफल गरेको थियो ।

 सुराकी बापत प्राप्त हुने करिब दुई करोड रुपैयाँको हिस्या पाउने लोभमा लेखा समिति जस्तो सम्मानित र संवेदनशील निकायले ब्यक्तिगत सुनको सुराकी बापत प्राप्त हुने रकम कसले पाउने भनेर निर्णय गर्न थाल्यो भने लेखा समितिकोे के महत्व ? जबकी सो विषयमा राजश्व अनुसन्धान विभाग, न्यायालय वा अन्य निकायले पनि मुद्दा दुरुस्त हेर्ने र निर्णय गर्ने अधिकार राख्छन् । सुनको ब्यक्तिगत सुराकी काण्डले संसदीय सुनवाईमा महत्व पाउन थाल्यो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व राख्ने आर्थिक अपराधमा चाहि अब कुन अंगले हेर्ने ? गम्भिर प्रश्न उब्जेको छ ।

 लेखा समितिको तल्लोस्तरको कदमबाट उसको महत्व त घटेको छ नै उसको कार्यक्षेत्र कहाँ–कहाँ हो ? भन्ने समेत प्रश्न खडा भएको छ । खासाबाट फल्स बटम बनाएर राजधानी ल्याउँदै गर्दा २०७० साल असार २६ गते कोटेश्वरबाट ३५ किलो अवैध सुन बरामद भएको थियो । भन्सार ऐन २०६४ ले राजश्व चुहावट नियन्त्रणमा संलग्न कर्मचारी एवं प्रतिवेदकलाई समेत १५ प्रतिशत कमिशन दिनुपर्ने व्यवस्था गरेको छ ।
तर, सुराकीवापत पाइने झण्डै दुई करोड रुपैयाँ कसले पाउने भन्ने विषयमा विवाद हुँदा अहिलेसम्म उक्त रकम कसैले पनि प्राप्त गर्न सकेका छैनन । लेखा समिति भने आउँदै नआएको पैसा र विवादित विषयलाई छलफलमा ल्याएर सुनको सुराकी रकममा भ्रष्टाचार भएको भन्दै टिप्पणीमा ब्यस्त हुन थालेको छ । सुराकी बापत आउने रकम कसैले पनि नपाएको सन्दर्भमा सुराकी रकममा भ्रष्टाचार भयो भन्दै संसदीय लेखा समितिमा तीनका सदस्य कुर्लिएर त्यसको मर्यादा र सम्मान तस्करी र ब्यक्तिगत मुद्दा हेर्ने समितिका रुपमा लेखा समितिलाई प्रस्तुत गर्न भ्याएका छन् ।

 यहाँसम्म कि उक्त विषयमा छलफलको लागि भन्दै प्रहरी महानिरिÔक उपेन्द्रकान्त अर्याल र गृहमन्त्रीसम्मलाई समेत बोलाउने तयारीमा लेखा समिति लागेको छ । अपरिपक्क निर्णयले लेखा समितिकै हैसियत उदाङगीएको छ भने आईजीपी अर्यालले कार्य ब्यस्तता भन्दै आइतबारको बैठकमा उपस्थित नहँुदा उनको चक्र्रो आलोचना भएको थियो । अझ समितिका सदस्यहरुले त समितिकै अवमुल्यन गरेको भन्दै गृह प्रशासनको समेत आलोचना गर्न भ्याएका थिए ।
३५ किलो सुन काण्ड र मुद्दा राजश्व अनुसन्धान विभागमा विचाराधिन अबस्थामा रहेको छ । सोही सुनको सुराकी रकम कसले पाउने भन्ने विषयमा विभिन्न निकायमा सक्कली सुराकीकर्ताले प्रमाणसहित उजुरी हालेपछि विवाद चरमउत्कर्षमा पुगेको हो । सोही कारण उक्त मुद्दाको अहिलेसम्म  छिनोफाने भएको छैन भने राजश्वले रकम समेत निकाशा गरेको छैन । यद्यपी आईजीपी अर्यालकै सेटिङमा त्रिभुवन विमानस्थल एयरपोर्ट र स्थलमार्ग तातोपानी हुँदै राजधानीसम्म सुनको तस्करी भईरहेको कुरामा कुनै विवाद छैन् ।

Post a Comment

0 Comments