Subscribe Us

अदालतपनि भष्टचारमा डुबेछः सेवा ग्राही

काठमाडौं । जिल्ला अदालत काठमाडौंको फैसाला कान्यन्वन अधिकृतको कोठाबाट निस्कदै गरेका एक सेवा ग्राहीले आफ्ना मित्रस“ग प्वाक्क बोले ‘अदालतपनि चुर्लुम्म भष्टचारमा डुबेछ ।’ 

उनका मित्रले प्रश्न गरीहाले कसरी ? उनि बोल्न थाले फैसाला भएको दुई महिना भईसक्यो पत्र पठाईदिनु भन्दा के के भन्छन् भन्छन् । 

हिजो भोली भन्दे आज चिया समय पछाडी भनेका छन् । यहिलेपछि भोली भन्ने होलान हैरानै भो एक हात्ति नदिई काम हुदैन क्यारे । जिल्ला अदालतको फैसाला कान्यन्वन अधिकारी बेद प्रशाद योगीको कार्यकक्षबाट निस्कदै गर्दा एक सेवा ग्राहीको बेदना हो यो ।

 जिल्ला अदालतमा यस्तो समस्या धेरै भएको कानून ब्याबसायीहरु बताउछन् । प्रत्येक फा“टमा मुद्दाका मिशिलको सम्बन्धीत ब्यक्तिले नक्कल लिन, नियम अनुसार छुटेको तारेख थाप्न, आफ्ना अनुकुलमा मुद्दाको पेश्की राख्न अदालतमा हात्तिको कारोबार हुने गरेको कानून ब्याबसायीहरु स्वम दाबी गर्छन । 

बकपत्र गराउन तथा अभियुक्तहरुको बयान लिनेक्रमा समेत अदालतका कर्मचारीले चलखेल गर्ने गरेको सेवा ग्राहीहरु दाबी गर्छन् । थुनछेक मुद्दापछि थुनामा पठाउदा अदालत सुबिधा सम्पण कारागार डिल्लीबजारमा पठाउदा एक जना बराबर १० हजार लिने गरेको अदालत परिसरमा चर्चा चलेको छ ।

Post a Comment

0 Comments