Subscribe Us

दिनभरी चोर्ने बेलुका भएपछि क्याबिन रेष्टुरेन्टमा मस्ति गर्ने, एक दर्जन चोर पक्राउ, चोरीएका समान प्रहरीलाई नै बिक्री,

काठमाडौं । राजधानीमा दिउसोको समयमा चोरी गर्ने एक दर्जन चोर पक्राउ परेका छन् । अपराध महाशाखा हनुमानढोकाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई चोरीएका बिभिन्न सामनसहित भिन्ना भिन्नै स्थानबाट पक्राउ गरी बिहीवार सार्बजनिक गरेको हो । चोरका समुहबाट ताला फोर्न प्रयोग हुने रडसमेत प्रहरीले बरामत गरेको छ । 

यि चोरहरुले घरमालिकको आंखा छलेर, भ्यालबाट अंकुस लगाएर चोर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । राजधानीमा दिनदहाडै ढोका फोरेर चोरी हुनुे गरेको घटना भने पुरानै हो । दिउसोको समयमा चोरी गर्ने चोरले प्रार्य गरगहना, नगद, प्यापटप र मोबाइलहरु चोरी गर्ने गरेको प्रहरीको दाबी छ । दिउसोको समयमा चोरी भएको उजुरी महाशाखामा दिनहुं पर्ने थालेपछि महाशाखाले बिषेश अभियान सुरु गरेको थियो । 

जसमा यि चोरहरु फन्दामा परेका हुन । महाशाखाले विभिन्न चोरीका घटनामा संलग्न चारवटा समूहका १३ जनाचोरलाई  पक्राउ गरेको छ । पक्राउ परेका धेरैजसो १७र१८ वर्षका केटा छन् भने तीनजना चाँहि ११ वर्षे नाबालक समेत फेला परेका छन् । नाबालक चोरलाई प्रहरीले सम्झाएर छाडेको जनाएको छ । चोरहरुले दिनभरि चोर्ने, राति गर्ल्डफ्रेण्डलाई टिप्स दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।

चोरीमा संलग्न एउटा समूहका सदस्यहरुले चोरी गरेर ल्याएको रकम क्याविन रेष्टुँराका केटीहरुलाई गर्ल्डफ्रेण्ड बनाएर टिप्स दिने गरेको पक्राउपछि खुलासा भएको हो । महाशाखाका अनुसार सुवास नेपालीको समूहका १० जना पक्राउ परेका छन् । उक्त समूहका नाइके दोलखा गरौमुदी ४ मिर्गीका सुवास १७ वर्षका छन् । उनको समूहका ७ जना काठमाडौं ३१ स्थित बसपार्कबाट र तीनजना कटारीबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार गत जेठमा चोरी गर्दागर्दै बानेश्वरबाट पक्राउ परेका सुवास १४ हजार धरौटीमा छुटेका थिए । छुटे लग्गतै उनि फेरी चोरीमा सगल्न भएका हुन । यो समूहले दिउँसो मानिस नभएको मौका छोपी फलामको रडले ढोकाको ताला फुटाउने र चोरी गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चोररले चोरेका सामान प्रहरीलाई बिक्री गर्ने गरेको खुलासा भएको छ । महाशाखाका अनुसार चोरीएका सामनाको चोर र पुलिसवीच व्यापारिक कारोबार हुने गरेको पाइएको हो ।


चोरहरुले शिद्धकाली गणमा दरबन्दी भई युएन शान्ति स्थापनार्थ तालिम केन्द्र ककनीमा कार्यरत सशस्त्र प्रहरी जवान अजय पुरीलाई चोरीका सामान भन्दै सस्तोमा एकमुष्ठ बेच्ने गरेको  अनुसन्धानबाट खुलासा भएको छ ।

उनीहरुका साथबाट प्रहरीले सुनको गरगहना ७ तोला, चाँदी ८ तोला, चार थान ल्यापटप, तीन थान क्यामेरा, १३ थान मोबाइल र ७ हजार नगद बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट खकुरी, ढोकाको ताला तोड्ने रड र सुन जाँच्ने ढुंगा समेत बरामद गरेको छ । चोरहरु गेष्ट हाउसमा बस्ने, बिहान ९ बजेपछि ट्याक्सी चढेर विभिन्न स्थानमा चोर्न जाने गरेको खुलासा प्रहरीले गरेको छ । चोरहरु दुई महिनादेखि  नयां बसपार्कस्थित स्वागतम गेष्ट हाउसमा बस्दै आएका थिए ।

सवासको समूहका चोरहरुले क्याविन रेष्टुराँमा केटीलाई गर्ल्डफ्रेड बनाउने र साँझ परेपछि चोरी गरेर ल्याएको पैसा टिप्स दिने गरेको प्रहरीको भनाइ छ । उनीहरुले १७ वटा घरका कोठामा चोरी गरेको र ४४ लाख ८४ हजार ४९९ बराबरको धनमाल चोरी गरेको उजुरी अपराध महाशाखामा परेको थियो ।

चप्पल कारखानामा अर्को टोली

महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न कुमार नेपालीलाई चप्पल कारखानाबाट पक्राउ गरेको छ । उनको समूहका अन्य दुई सदस्य भने फरार छन् । कुमारको समूहले निर्माण हुँदै गरेको घरको तार चोर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले घरमा चोरी गर्ने क्रममा रडले ताला फोड्ने गरेका थिए । यो समूहले सात ठाउँबाट २ लाख बराबरको चोरी गरेको प्रहरीले जनाएको छ । त्यसतै प्रहरीले भैंसेपाटीक चोरलाईपनि पक्राउ गरेको छ पक्राउ पर्नेमा लालबहादुर र सुनिल श्रेष्ठ रहेका छन् ।

ललितपुरको भैंसेपाटी, नक्खुलगायतका क्षेत्रमा भएको चोरीमा संलग्न समूह सीतापाइलाबाट पक्राउ परेका हुन । पक्राउ पर्नेमा दोलखाका गोकर्ण भन्ने सुनिल श्रेष्ठ र भोजपुरका लाले भन्ने लालबहादुर विश्वकर्मा छन् । निल यसअघि पनि चोरीको मुद्दामा जेल परेका थिए भने । पाँचवटा चोरी मुद्दामा उनी फरारको सूचीमा थिए । सुनिल र लालबहादुरको समूहले ५ लाख बढीको चारी गरेको अनुसन्धानबाट खुल्न आएको अपराध महाशाखाले जनाएको छ ।

सुरुमा गाउँका साथीसँग मिलेर चोरी गरेका सुनिलले अहिले भने नयाँ नयाँ व्यक्तिलाई साथमा लिने परेको प्रहरीले बताएको छ । चोरीका लागि जाँदा उनी मोटरसाइकल प्रयोग गर्थे भने सुराकीका रुपमा नजिकका मानिसलाई प्रयोग गर्ने गरेको देखिएको छ । उनीहरुका साथबाट प्रहरीले ल्यापटप, आइप्याड, बा ३७ प ९४२६ नम्बरको मोटरसाइकल र ३ हजार ८ सय ४० नगद बराबद गरेको छ ।


Post a Comment

0 Comments