Subscribe Us

भरियाकै मिलोमतो अवैध सुन लुटिन्छ तथा पक्राउ पर्छ

काठमाडौं । खासाको तातोेपानी नाकाबाट नेपाल भित्रिने अबैध सुन क्यारिङवाला र भरियाको मिलोमतोमा पक्राउ पर्ने गरेको रहस्य खुलसा भएको छ । अधिकांश लुटिने सुन समेत क्यारिङवाला र अवैध सुन बोक्ने भरियाको मिलेमतोमा लुटिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

पटकपटक बरामद भएका सुन तथा बेलाबेलामा लुटेराको समूहले लुट्ने सुनका सुराकी क्यारिङवाला र भरिया आफै हुने गरेको अनुसन्धानमा खटिने प्रहरी बताउँछन् ।
 
स्रोतका अनुसार कतिपय मुद्दामा साझेदारी वा भागवण्डाको कुरा नमिल्दा समेत अबैध सुनको सुराकी प्रहरीकहाँ आउने गर्छ ।  नेपालको कमजोर कानूनको फाईदा उठाउदै सुन क्यारिङको जिम्मा लिएका क्यारिङवाला र भरिया पैसाको प्रलोभनमा परी अवैध सुनको सूचना प्रहरीलाई या लुटेरालाई आफै दिने गरेको विभिन्न घटनाले समेत पुष्टि गरिसकेको छ ।

 दैनिक ५ सय किलो सुन खासाको नाका हुँदै नेपालको स्थलमार्ग प्रयोेग गरी तस्करहरुले भारतसम्म पु¥याउने गरेका छन् । तर नेपाल प्रहरीले महिनाको एकपटक पनि सुन बरामत गर्न सकिरहेको छैन । प्रहरीले बरामद गर्नुको साटो भरियाको मिलेमतोमा सुन लुटिन थालेको घटना दैनिक सार्वजनिक हुन थालेको छ । स्रोतका अनुसार अबैध सुन ओसार–पसामामा लागेका भरीयालाई सुन क्यारिङको जिम्मा लिएका तस्करहरुले नै पक्राउ गरेबापत २५ लाख रुपैयाँसम्म दिने गरेका छन् ।

 सुनसहित पक्राउ परेका भरियालाई नेपालको कानूनले जतिसुकै जरिवाना गरेता पनि ४ बर्ष मात्र कैद भोग्नु पर्ने हुन्छ । जसका कारण चलाख भरियाले क्यारिङवालाले दिएको सुनमा आधा पहिलेनै निकाली बाँकी सुन पक्राउ गराउने या लुटाउने गरेको प्रहरीले अनुसन्धानले भन्छ । त्यस्तै, क्यारिङवालाले सुनका मालिकसँग लिएको परिणामको सुन मध्ये आधा भरियालाई दिएर प्रहरीलाई आफैमार्फत सुनको जानकारी गराउने गरेको समेत पाइएको छ । 

 गत ९ मंसिरमा बाह्रबिसे प्रहरीले दुई किलो सुन बरामद गरेपनि बास्तबिक सुन भने आठ किलो रहेको थियो । क्यारिङवालाले भरियालाई आठ किलो सुन दिएपनि भरियाले ६ किलो पहिला नै सुरक्षित स्थानमा पु¥याई प्रहरीलाई आफैं सूचना दिने दिएको स्रोत बताउँछ । बाह्रबिसे ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मन्जिल मुकारुङले सूचना भने आठ किलो नै रहेको पाएका थिए । तर, पछि सुन बरामद गर्दा मात्र दुई किलो भेटिएको थियो ।

 गत साता भक्तपुरको जगातीमा बरामद भएको २३ किलो सुन पनि साझेदारीमा कुरा नमिल्दा प्रहरीले फेला पारेको थियो । सुन ३५ किलोको परिमाणमा भएतापनि प्रहरीले भने २३ किलो मात्र हात पारेको थियो । गत महिना काभ्रेको पाँचखाबाट लुटेराको समूहले लुटेको ३६ किलो सुन पनि भरिया र सवारी चालकको मिलोमतोमा लुटिएको थियो ।

चालक जङबहादुर बिश्वकर्माले लुटेरा समूहसँग मिलोमतो गरी ३६ मध्ये ३० किलो पहिलानै लुकाएर ६ किलो सुन मात्र लुटाएका थिए । सुन लुटिएको तीन दिनपछि चालक बिश्वकर्मा आफू अपहरणमा परेको नाटक गर्दै महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोका पुगेका थिए । त्यस्तै, दुई साताअघि जोरपाटी आरुबारीबाट पनि क्याङिवाला र भरियाको मिलोमतोमा १० किलो सुुन लुटिएको थियो ।

 भरिया जास्क भन्ने कुलमान लामा तथा क्यारिङवाला टेब्बो लामाको मिलेमतोमा सुन लुटिएको आशंका गर्दै नेपाल प्रहरीको केन्द्रिन्य अनुसन्धान ब्यूरो (सीआबी) ले दुबैलाई नियन्त्रमा लिएर अनुसन्धान थालेको छ । पक्राउ परेका दुबैले एकले अर्कालाई दोषारोपण गरिरहेका छन् । सुन बोकेको र सुन लुटिएको कुरालाई भने पक्राउ परेका दुबैले स्वीकार गरेको ब्यूरोले जनाएको छ ।

Post a Comment

0 Comments