Subscribe Us

आईप्याड हेर्दा घरी घरी ‘चरी’ सम्झछन् ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष्ँ केपी शर्मा ओलीले मृत्तक डन दिनेश अधिकारी ‘चरी’ ले उपहार दिएकोे आईप्याड बोक्ने गरेको रहस्य खुलेको छ । गत बर्ष अमेरिका जाँदा नेता ओलीले आईप्याडको चाहाना गरेपछि डन चरीले ६० हजारमा उक्त आईप्याड किनिदिएको थिए । चरी मारिएपछि चर्चामा आएकी खुश्बु ओलीको पूर्ब पे्रमी अर्पण कोईरालाले एक अनलाईनलाई अन्र्तबार्ता दिने क्रममा पोल खोलेपछि सो रहस्य बाहिर आएको होे ।
 
कोईरालाले नेता ओलीलाई दिएको आईप्याड चरीले दिएको भएपनि ६० हजार रुपैंयाँ भने चरीलाई आफूले दिएको दाबी गरेका थिए । त्यस्तै, आईप्याड उनले ५१ वटा बाँडेको समेत बताएका छन् । तर, चरी ईन्काउन्टरपछि नेता ओलीले डन चरीलाई नचिनेको दाबी गरेका थिए । स्रोतका अनुसार, चरीले ओलीलाई ‘केपी बा’ भनेर सम्बोधन गर्ने गर्थे ।
 
५ बर्ष अगाडि हातहतियार तथा खरखजना मुद्दामा कारागार चलान हुँदा चरीलाई छुटाउन नेता ओलीले तत्कालिन काठमाडौंका सिडियो  लक्ष्मिप्रसाद ढकाललाई दबाद दिएको उनले समेत भूलेका छैनन् । ओलीको दबाबमा प्रजिअ ढकालले चरीलाई तिन बर्षदेखि ६ बर्षसम्म कैद गर्न सक्ने भएपनि ७५ हजार धरौंटीमा छाडेका थिए । उनै सहसचिब ढकाल अहिले गुहमन्त्रालयका प्रबक्ता रहेका छन् । चरीको मृत्युपछि अहिले ओलीले भक्तपूरका अर्का गुण्डाका नाईके दीपक थापा ‘काले’ लाई डन बनाउन खोजेका छन् । थापा कुख्यात डन सुजन पौंडेल उर्फ रमेश बाहुनका सहयोगी हुन् ।

Post a Comment

0 Comments