Subscribe Us

विमानस्थल भन्सार कार्यालयका प्रमुख शाहसहित चार बिरुद्ध मुद्दा

 काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख सुदिपचन्द्र शाह र नायव सुब्बा हरिवंश कार्कीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोे छ ।अवैध सुन चोरी निकासीको मुद्दा थुनामा रहेका भारतीय नागरिकलाई छुटाउन घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतवार उनिहरुलाई हदैसम्मको सजायको मागदाबी गर्दै अभियोग पेश गरेको हो । 

आयोगले रकम लेनदेनमा संलग्न भन्सार एजेन्ट देवराज भट्टराई र प्रेमकुमार अधिकारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । मुद्दा पुर्पक्षका लागी थुनामा रहेका भारतीय नागरिक अभिषेक सरकारलाई छुटाउन २२ लाख ४० हजार घुस लिँदै गर्दा नासु कार्कीसहित एजेन्टद्वय भट्टराई र अधिकारी तिनसाता अघि सुकेधाराको एक रेष्टुरेन्टबाट २१ लाख नगदसहित पक्राउ परेका थिए ।

अख्तियारको टोली कार्कीको घरमा पुगेपछि उनकी श्रीमतीले साथीको घरमा लुकाउन लगेको ५१ लाख पनि अख्तियारको टोलीले बरामद गरेको थियो। घुस लिएको २२ लाख ४० हजार मध्ये १० लाख कार्यालय प्रमुख शाहका लागि भएको पक्राउ परेकाहरुले बयान दिएपछि अख्तियारले शाहामाथीपनि अभियोग लगाएको छ ।

विमानस्थल भन्सार प्रमुख शाह र नासु कार्कीविरुद्ध ६१ लाख २ सय रुपैयाँ विगो कायम गरिएको अख्तियारले जनाएको छ ।भन्सार भट्टराई र अधिकारीको हकमा भने २३ लाख ८९ हजार विगो कायम गरिएको छ । साथै अभियोग पत्रमा चारै जनालाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।

Post a Comment

0 Comments