Subscribe Us

चार डीआईजीलाई तत्काल एआईजीको फूँली लगाउन निर्देशन

 काठमाडौं । बढुवामा नपरेका चार डीआईजीलाई सर्बोच्च अदालतको फैसालापछि पनि सरकारले बढुवा नगरी अदालतको अपहेलना गरेको भन्दै सर्बोच्च अदालतको फैसाला कार्यान्वन निर्देशानालयले सरकारलाई तत्काल फैसाला कार्यान्यवन गर्न निर्देशन दिएको छ ।

 निर्देशनालयले फैसाला पुनरावलोकनको मुद्दा अदालतमा बिचाराधिन भएपनि बढुवा गरी कामकाज गराउन कुनै कानूनले नरोक्ने दाबी गर्दै सरकारको नाममा गत २२ गते पत्रचार गरी निर्देशन दिएको हो । एआईजी बढुवामा नपरेका पशुराम खत्रीसहितको चार डीआईजीले अन्याय भएको भन्दै सर्बोच्च अदालत गुहारेका थिए । उनिहरुले आफू भन्दा कनिष्ठलाई बढुवागरी सरकारले कानूनी राज्यको खिल्ली उडाएको दाबी गर्दै अदालतमा रिट निबेदन हालेका थिए ।

 सरकारले लोकसेवा आयोगको उजुरी छानबिन शाखाले वरियातक्रममा १३ नम्बरमा राखेको डीआईजी केदार साउदलाई बढुवा गरेको तर त्यस भन्दा अगाडीका किन नगर्ने भन्दा सरकारलाई र प्रहरी प्रधान कार्यालयलाई लिखित जभाब मागेको थियो । सरकारको जभाब कानून सम्मबत नभएपछि अदालतले एआईजीको पद खाली भए त्यहि पदमा नभए सिर्जना गरेर भएपनि बढुवा गर्ने फैसाला गत २९ साउनमा गरेको थियो ।

 तर सरकारले अदालतको आदेश कार्यान्यवन नगरी अदालतको फैसाला पुनःपुनरावलोकनको माग गर्दै रिट हालेको छ, भने उता बढुवामा नपरेका डीआईजीहरुले अदालतको मानहानी गरेको भन्दै पुनः अदालत गुहारेका छन् । दुबै रिट अदालतमा बिचाराधिन अबस्थामा रहेको छ ।

यस्तो छ, फैसाला कायान्यवन निर्देशनालयको निर्देशनः

Post a Comment

0 Comments