Subscribe Us

फेरी अर्को बस दुर्घटना, मर्नेको संख्या १८ पुग्यो , ४८ घाइते ३ जनाको सनाखत

 काठमाडौँ । कालिकोटबाट कैलालीको टिकापुरतर्फ जाँदै गरेको ना ४ ख ६८५७ नम्बरको बस आइतवार सुर्खेतको पोखरीकाँडा गाविस–९ स्थित कालेखोलामा दुर्घट्नमा पर्दा १८ जनाको मृत्यू भएको छ । दुर्घट्नामा परी  ४८ जना घाइते भएका छन् । घाईतेको विभिन्न ठाउँका अस्पत्तालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

 क्षमताभन्दा बढी यात्रु सवार रहेकाले बस घुम्तिवाट पल्टेर भीरमा खसेको घाइतेहरुले प्रहरीलाई बताएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक कर्णबहादुर चन्दका अनुसार मृत्यु भएका सवैको शव घट्नास्थलमै रहेको छ। उनका अनुसार बसमा ६७ जना सवार थिए। दुर्घटनामा परी मृत्यु भएकामध्ये बसका चालक छिन्चु सुर्खेतका २४ वर्षीय मिनबहादुर बुढा, बाजुरा गोत्रिका ५० वर्षीय मुनराज विष्ट र सोही ठाउँका ४० वर्षीय पंखे सार्कीको मात्र सनाखत भएको प्रहरीले जनाएका छ।

घाइते ४९ जनाको सुर्खेत, नेपालगञ्ज र कोहलपुरमा उपचार भइरहेको छ। ४० जनाको सुर्खेतमा, ८ जनाको बाँकेको कोहलपुर मेडिकल कलेजमा तथा एक जनाको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको प्रहरी निरीक्षक चन्दले बताए। ु३ वर्षकी शिक्षा विष्टलाई भर्खरै डिस्चार्ज गरिएको छु उनले भने । मध्यपश्चिम प्रहरी प्रवक्ता नरेशमान श्रेष्ठका अनुसार बिहान ३ बजेसम्म उद्धार चलेको थियो।

Post a Comment

0 Comments