Subscribe Us

विप्लवलाई समर्थन, वैद्यको कन्तविजोग यात्रा

काठमाडौं । क्रान्तिकारी रुपमा नेत्र विक्रम चन्द विप्लवले नयाँ माओवादी गठन गरेपछि विभाजित भएको नेकपा–माओवादीको अस्तित्व संकटमा पर्न थालेको छ । विप्लवको क्रान्तिकारी धारलाई अधिकांश जिल्ला कमिटिहरुले समर्थन गर्दै संगठनमा आपद्ध हुन थालेपछि वैद्यको नेतृत्वमा रहेको नेकपा–माओवादी विलिन हुँदै गएको छ ।
 
त्यसो त एमाओवादीसँग एकताका लागि ६ बुँदे शर्तसमेत पठाइसकेको नेकपा–माओवादीको संगठन नै विग्रने भएपछि अहिले एकताको पक्षमा आवाज उठ्न थालेको छ । तर, सेकेन्ड म्यानबाट फस्ट म्यान भएका वैद्य संकटमा पर्नुको खास कारणभने उनले यो संविधानसभा चुनावलाई स्वीकार गरेका थिएनन् । ‘विप्लवको भनाईमा लागेर संविधानसभा चुनाव अस्वीकार गरियो, अहिले उसैले पार्टी फुटाएर हिँड्यो, यतिवेला कसरी अघि बढ्ने भन्ने कुरा चलिरहेको छ ।’, नेकपा माओवादी निकट स्रोतले भन्यो,‘अव एकता नगरी सुखै छैन ।’
 
एता, नेकपा–माओवादीभित्र पनि एकता गर्ने या नगर्ने भन्ने विवाद रहेका कारण तत्कालै एकता हुन सक्ने अवस्था नरहेको स्रोतले बताएको छ । महासचिव रामबहादुर थापा वादलका कारण तत्काल एकता हुने अवस्था छैन । ‘कार्यदिशा नमिलेका कारणले विभाजन भएको पार्टीमा समान कार्यदिशा बनाउनका लागि एमाओवादीले संविधानसभा छाड्नुपर्छ र जनवादी क्रान्ति स्वीकार्नुपर्छ । तर, संविधानसभाभित्र रहेको दलसँग एकता गरेर कसरी आफ्नो क्रान्तिको परिभाषा गर्ने भन्ने कुरा पनि चलिरहेको छ ।’ स्रोतले भन्यो ।
 
त्यसो त सवैतिरबाट समस्यामा परेका वैद्यको अहिले कन्तविजोग जस्तै भएको छ । क्रान्तिकारीहरु विप्लवको पोल्टामा र अवसरवादीहरु प््रचण्डको शरणमा पुगेपछि उनको पार्टीको अस्तित्व पनि समस्यामा परेको छ । नेताहरुमात्र भएको पार्टीले कार्यकर्ताहरु बनाउन नसकेको गुनासो पार्टीभित्र नै हुन थालेको छ । जनविद्रोहको नारा लगाएर सत्ता समिकरणको परिदृश्यमात्र हेरेको र केही नगरेको भनेर विप्लवले पार्टी विभाजन गरेका थिए

Post a Comment

0 Comments