Subscribe Us

अपराधीको आश्रयस्थल बन्दै राजधानी

काठमाडौं । केहीदिन पहिले नेपालमा समातिएका अलकायदासँग आवद्ध आतंकवादीलाई नेपालको कानून विपरित आइतबार अपरान्ह भारतलाई सुर्दपगी गरिएको छ ।

 कुख्यात अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदासँग आवद्ध केही भारतीय र पाकिस्तानी व्यक्ति नेपालमा बसेर आक्रमण गर्ने योजना बुनिरहेको सूचना पाएपछि नेपाल प्रहरीले शुक्रवार राजधानीबाट विदेशीसहित २० जनालाई पक्राउ गरेको थियो । 

भारतको केन्द्रीय खुफिया जाँच एजेन्सी एनआइएको निगरानीमा आतंकवादी हेर्ने नेपाल प्रहरीको विशेष ब्यूरोले पक्राउ परेका मध्ये १२ भारतीय, ५ पाकिस्तानी र २ नेपाली रहेको बताइएको छ । आइतबार २ बजे इण्डियन एयरलाइन्सको विमानबाट पक्राउ परेका आतंकवादीलाई दिल्ली लगिएको स्रोतले बतायो । भारत लगिएका आतंकवादी भारतीय प्रहरीको मोष्टवान्टेड सूचीमा रहेको बताइएको छ ।

 शुक्रबार राती पक्राउ परेका ती आतंकवादीलाई शनिवार दिनभरि केरकार गरिएको थियो । केरकारपछि भारतीय पक्षले नेपाली सुरक्षा निकायसँग पक्राउ परेका आतंकवादीलार्ई बुझाउन आग्रह गरेको थियो । तर, नेपाल प्रहरीले भने पक्राउ परेको कुरा स्वीकारे पनि भारत सुर्दपगी गरिएको विषयमा ईन्कार गरेको छ ।

Post a Comment

0 Comments