Subscribe Us

कर्नेलको छोरा भन्दै युबती फसाउँदै

काठमाडौं । आफ्नो असिमित ईच्छा पुरा गर्न ब्यक्तिले कतिसम्मको अपराध गर्न सक्छन् ? भन्ने कुरा एक पात्रले पुष्टि गरेका छन् । राम्रो लगाउन र गाडीमा सवार हुने राजधानीका सागर श्रेष्ठले हुनेखाने परिवारको युबतीलाई ग्रर्लफेन्ड र श्रीमती बनाउने भन्दै ठग्ने गरेको रहस्य खुलेको छ । श्रेष्ठले दुई श्रीमतीसँग डिभोर्स नै गरिसकेका छन् भने आधा दर्जनलाई ग्रर्लफेन्ड बनाएर ठगी गरिरहेको उनी निकट स्रोतले बतायो । 

आफूलाई उनले सेनाको कर्नेलको छोरा तथा बिबादास्पद ब्यक्ति सहदेब कक्षपतिका भान्जा भएको बताउने गरेका छन् । श्रेष्ठले राजधानीका धनी बाबुका छोरीलाई अनेक लोभलालच तथा जालझेलमा पारी ग्रर्लफेन्ड र श्रीमती बनाउने गरेको पीडितबाट खुलेको छ । काभ्रेली समूहका गुण्डा दावा लामाको साली प्रिया लामालाई बिहे गरेका श्रेष्ठले दुई बर्ष नबित्तै डिभोर्स गरेर बालुवाटारका भाबना भाबना गुरुङ बिहे गरे ।
 
प्रियाबाट श्रेष्ठको एक छोरा पनि छ । भाबनाको डिभोर्स प्रक्रियामा रहेको छ भने बिहे गरेर श्रीमानलाई पाल्नुपर्ने अबस्था सिर्जना भएपछि उनले छोड्ने मनस्थिति बनाइन् । प्रियाका भिनाजु डन दावा लामाले सालीलाई धोका दिएको भन्दै सागरलाई दरबारमार्गमा पिटेका थिए । दावा लामाको समूहले दुःख दिन थालेपछि श्रेष्ठ संरक्ष्ाँणको खोजी गर्दै काँग्रेसका पूर्व सहमहामन्त्री तथा एक ताकाका राजधानीका डन भिमसिंह गुरुङको शरणमा पुगेका थिए । अहिले तीनै श्रेष्ठ गुरुङको भाई भएको बताउँदै उनलाई विवादमा तान्न प्रयासरत छन् ।
 
बानेश्वरका स्थानिय बासिन्दा श्रेष्ठ अहिले कपनमा बस्दै आएका छन् । गत बर्ष श्रेष्ठले मेक्सीकन नागरिकलाई साथी बनाएर चेक चोरी गरी २५ लाख ठगी गरेको भन्दै प्रहरीलाई भ्रममा पार्न हनुमानढोकामा उजुरी हालेका थिए । पक्राउ परेका मेक्सीकन नागरिकले चेक चोरी भएको प्रहरीमा उजुरी दिईसकेका भएपनि प्रहरीले मेक्सीकन नागरिकलाई गलत ठहर गर्दै मुद्दा चलाएको थियो । तर, उक्त मुद्दामा अदालतले मेक्सीकन नागरिकबाट ठगी नभएको फैसला गरेपछि मेक्सीकन नागरिकले उन्मुक्ति पाए । श्रेष्ठले अदालतको मुद्दा आफ्नो पक्षमा पार्न केही कथित पत्रकारलाई पैसा दिएर मेक्सीकन नागरिकबिरुद्ध समाचार समेत लेखाउन भ्याएका थिए ।
 
श्रेष्ठका मामा भनिएका सहेदेब कक्ष्ँपतिले समेत उक्त बिदेशी नागरिकको तीन करोड रुपैयाँ लिएका थिए । तीन करोड रुपैयाँ तिर्नु पर्ने भएपछि अनेक मुद्दा लगाएर उनलाई विदेश धपाएका छन् । कक्ष्ँपतिले मेक्सीकन नागरिकलाई मन्डिकाटारमा रहेको आफ्नै घरमा बस्न दिएका थिए । उक्त घरपनि अहिले बैंकले लिलामी गरिसकेको छ । सहदेव र श्रेष्ठले ती विदेशीको चार करोड रुपैयाँ ठगेका छन् । 

अहिले तिनै श्रेष्ठ अर्को मुर्गाको खोजीमा ठमेलको लाउन्च बार धाउन थालेका छन् । अहिलेकी ग्रर्लफेन्ड मोडल नम्रता सापकोटाले पनि श्रेष्ठलाई छाडेपछि नयाँ मुर्गीको खोजिमा जुटेको स्रोत बताउँछ । खर्जको अभाब भएपछि अहिले श्रेष्ठले आफूले चढेको माज्दा गाडी धितोमा राख्न खोजेका छन् । उनले ठमेलको आईसबार डान्स रेष्टुरेन्टपनि आफ्नो भएको दाबी गर्दै हिडेका छन् ।

Post a Comment

0 Comments