Subscribe Us

कसले गर्ने खुमबहादुरलाई कारवाही ?

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का जतिबेला जेलबाट बाहिर आए त्यतिबेलाको कांग्रेसको शक्ति फरक किसिमले देखियो । त्यो खुमबहादुरले संगठनभित्र जोगाएर राखेको व्याकअप शक्ति थियो । 

कुनै राजनीतिक एजेन्डा नपाएका खुमबहादुर पार्टीको सक्रिय राजनीतिभित्र निर्णायक तर साइलेन्स किका रुपमा थिए । तर, अहिले उनले कांग्रेसको नीतिकै खिलाफमा धर्मलाई नयाँ राजनीतिक मुद्दा बनाएर अभियानका रुपमा हिँडेका छन् । 

तारानाथ रानाभाटहरुलाई बोकेर हिँडेका खुमबहादुर यतिवेला हिन्दु सापेक्षा राज्यको माग गर्दै अभियानमा सक्रिय छन् । यता कांग्रेसको केन्द्रिय समितिको वैठक चलिरहेका बेला उनले झापादेखि उक्त अभियान थालेका थिए । कांग्रेस भित्रका केही जनजाती नेताहरुले धर्मनिरपेक्षाको विषयलाई उठान गरी खुमबहादुरलाई कारवाहीको प्रस्ताव अघि सारेपनि त्यो कार्यान्वयन हुन सकेन ।
 
कांग्रेस महासमिति सदस्यहरुमा खुमबहादुरको पल्ला भारी रहेका कारणले पनि उनीमाथि कारवाही हुन सकेको छैन । सभापति सुशिल कोइरालाले तत्काल कारवाहीको कुरा नगरौं भनेपछि वैठकमा परेका प्रस्तावहरु प्नि कार्यान्वयनमा नआएका हुन् । खुमबहादुरलाई कारवाहीको कुरा गर्दा सार्कमा फस्ट लेडी बनाइएकी सुजाता कोइरालालगायतका नेतालाई पनि कारवाही गर्नुपर्ने दबाब कोइरालालाई रहेका कारण उनी यस विषयमा नबोलेका हुन् ।
त्यसो त पार्टीमा महाधिवेशन नजिकीएका बेला खुमबहादुरलाई कारवाही गर्ने या साथ लिने भन्ने विषयमा कोइराला अहिले विचरणीय रहेका छन् । खुमबहादुरको साथ शेरबहादुर देउवाले पाएका कारणले उनको मन जित्नका लागि पनि कोइराला अहिलोइलेन्स बसेको बुझिएको छ । कोइराला आगामी महाधिवेशनमा पनि पुनः सभापति उठ्ने मुडमा छन् ।
 
उता, महासमितिमा मात्र नभएर केन्द्रिय समितिमा पनि खुमबहादुर बलिया नेताका रुपमा उदय भएका छन् । पार्टीको महाधिवेशन नजिकिएको कारणले पनि उनको अभियानमा उपसभापति राचन्द्र पौडेलको साथ रहँदै आएको छ । वैठकमा कारवाहीको कुरा गर्दा सवैभन्दा पहिले रोकटोकको कुरा गर्ने पौडेल नै रहेको पनि बताइएको छ । यद्यपि, जहाँ जता जे भएपनि खुमबहादुरको हिन्दुवादी अभियानलाई न सरकारले रोक्न सक्नेछ न पार्टीले निषेधको नीति लागु गर्न सक्नेछ । यतिवेला खुमबहादुर नै पार्टीमा कि प्वाइन्टका रुपमा उभिएको स्रोतहरुको दाबी छ ।

Post a Comment

0 Comments