Subscribe Us

बुद्ध एयर बिरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, १७ पुसः
नेपालको उडान क्षेत्रमा अत्यन्त भरपर्दा र विश्वाशिलो एयरलाइन्सका रुपमा लिइने बुद्ध एयरबिरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोेग अनसुन्धान आयोगमा उजुरी परेको छ । बुद्धले कानूनलाई अटेरी गदै आफू अनुकुल नियम बनाएर टिकट विक्री गरेपछि फिर्ता नहुने तथा रद्धसमेत नगरी दैनिक सयौं यात्रुबाट लाखौ रुपैयाँ ठगी गरेको दाबी सहित कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेको हो ।

झापामा रहेको शास्वत एक्सप्रेस ट्राभल्स एण्ड टुर्स प्रा.लि.का प्रवन्धक मोहन सिलवालले आयोगमा सरकारले पाउने रकम बुद्ध एयरले खाने गरेको भन्दै हदै सम्मको कारबाहीको माग गरी उजुरी दर्ता गराएका छन् । अख्तियारले यो विषयमा अनुसन्धान गरिरहेको अख्तियार स्रोत बताउँछ । नेपालका अन्य एयरलाइन्सहरुले उडान हुनु भन्दा केहि घण्टा अगाडि जानकारी गराए केहि प्रतिशत शुल्क लिएर टिकट रद्धगरी यात्रुको पैसा फिर्ता दिने गरेका छन् । तर बुद्ध एयरले कानुनको उल्लंघन गरी दैनिक २० लाख बराबर ठगी गर्दै आउँदा पनि सम्बन्धित निकायले आँखा चिम्लिएको भन्दै ट्राभल्स सञ्चालकले अख्तियारमा उजुरी दिएका हुन् । 
 
बुद्धले दैनिक २० लाख रुपैयाँ यात्रुबाट ठगी गरेको उजुरीमा उल्लेख छ । दैनिक २० लाखको दरले बुद्धले मासिक ४ करोड रुपैयाँ बिना लगानी ठगी गर्दै आएको बुद्ध एयरको टिकट बेच्ने अर्का एक ट्राभल्सका सञ्चालकले बताए । बुद्धले सस्तो भाडा फिर्ता नहुने भन्दै यात्रुलाई २ टकसम्म ‘एयरपोर्ट चार्च’ असुल्दै आएकोे उजुरीमा उल्लेख छ । उडाएको भन्दै अख्तियारलगायत बिभिन्न निकायमा उजुरी हालेपनि अनसुन्धान नभएको आरोप लाग्ने गरेको छ । 

 बुद्ध एयरको तथ्यांक अनुसार हाल सरदर दैनिक ८ देखि १० प्रतिशत सस्तो टिकट जारी गरेका यात्रु उड्दैनन् । सोहि तथ्यांकलाई आधार मान्ने हो भने बुद्धसँग भएको ४८ र ७२ सिट क्षमताका जहाजहरुको सस्तो टिकट फिर्ता नहुँदा दैनिक ५६ सिट हुन आउँछ । ४८ सिट र ७२ सिट क्षमताको जहाजको संख्यालाई जोड्ने हो भने सिटसंख्या चार हजार आठ सय हुन आउँछ । सबैभन्दा न्यूनतम ४५ सयको ८ प्रतिशत पैसा फिर्ता नहुने यात्रुको सख्या जोड्ने हो भने दैनिक ३६० जना हुन आउँछ ।

हाल बुद्ध एयरले छ हजार छ सयसम्म जारी भएको टिकटको पैसा फिर्ता दिने गरेको छैन । सबै सेक्टरलाई सरदर राखेर जोड्ने हो भने प्रति व्यक्ति ४५ सयको दरले ३६० जनाको दैनिक सोह्रलाख हुन आउँछ । जुन रकम बुद्ध एयरले झ्वाम पार्दै आएको छ । ‘यहि हिसाबले बुद्ध एयरले सस्तो टिकटको पैसा यात्रुलाई त फर्काउँदैन भने के यसले राज्यलाई फिर्ता नहुने टिकटको पैसा साथै एयरपोर्ट चार्ज जम्मा गर्छ त ? पक्कै गर्दैन । यसको अध्ययनसहित सबै हर हिसाव गर्ने हो भने बुद्धले राज्यलाई अरबौं रुकम बुझाउँदैन ।
यूनाईटेडपोष्ट साप्ताहिकमा समाचार छ ।

Post a Comment

0 Comments