Subscribe Us

यौनपेशा सँगसँगै लागूऔषधको लत

तारा वाग्ले 
 जव अरुको काम सकिन्छ तव उनको काम शुरु हुन्छ । अरु दिनभरीको कामबाट आराम खोज्दै त्यहाँ पुग्छन् उनी भने थाकेकै बेलामा पनि उसलाई आरामको बन्दोबस्त मिलाइदिने प्रयत्नमा जुट्छिन् । उनको भनाइमा काठमाडौमा बाँच्नको लागि पर्याप्त कमाइ हुने कुनै काम नपाएपछि उनलाइ जीवन चलाउनको लागि अरुको इच्क्षा अनुसारको काम गरेको र अरुलाई खुशी पारेर आफ्नो पोल्टो भर्नुपरेको हो । 

धरानकी २७ वर्षय रमिला (नाम परिवर्त) चार वर्ष अघि देखि यसरी नै जीवन निर्वाह गदै आएकी छन् । उनले शुरुमा एक डान्स रेस्ठुरेन्टमा गित गाउन थालिन, उनको स्वरमा मोहित भएपछि केही ग्राहकले यौनको पस्ताव राखेर हैरान पार्न थाले । रमिला ग्रहकको इच्छा अनुसार ऊ सँगै बसेर चुरोट तथा रक्सि पिउन थालिन । उनले ग्रहकको मन जित्दै गएपछि कमाइ पनि राम्रै हुन थाल्यो । हुँदा हुँदा उनी आफ्नो ग्रहकले जे दिन्छ त्यो खाने र जे भन्छ त्यो गर्ने अवस्थामा पुगिन् ।

 अन्ततः उनी लागूऔषध प्रयोग गर्ने यौन व्यवसायी भइन् । अहिले न त लागूऔषध त्याग्न सक्ने न त यौनपेशा छोडेर अरु नै पेशा गर्न सक्ने भएकी छन् उनी । हरेक साँझ जव ठमेल, न्यूरोड, रत्नपार्क, सुन्धारा लगायतका ठाँउमा कामको र मान्छेको चहलपलल कम हुन्छ त्यसपछि रमिला जस्ता धेरै युवतीको दिनचर्या शुरु हुन्छ । र, तिनीहरुलाई खोज्दै पुग्छन् दिनभरी कुनै न कुनै काम मा व्यस्त रहने विभिन्न पेशाका अधवैशे पुरुष र तन्नेरीहरु । 

कहिलेकाँही सडक पेटीमा त कहिलेकाही होटलका कोठाहरुमा लागूऔषधको साटासाट सहित शारिरीक सम्पर्कको  सम्झौता हुन्छ । यो कुनै कथा नभई विभिन्न कामको खोजिमा राजधानी आएका महिला र यौनको प्यासमा ति ठाउँमा धाउने पुरुषको वास्तविकता हो । यसरी सजिलैसँग कमाइ हुने अरु काम नापाएपछि यौन पेशा रोजेका धेरै युवतीहरु यौन व्यवसायीसँगै लागूऔषध प्रयोगकर्ता बनेका छन् । 

साथै विभिन्न प्रकारका रोगबाट संक्रमित भएका छन् । उनीहरु न त आफ्नो अवस्था सार्वजानिक गरेर उपचार गरी समाजमा पुनः स्थापित हुन सक्ने न त खुशी, स्वस्था र सम्मानित जीवन जीउन सक्ने अवस्थामा छन् । उनीहरुको यस अवस्थालाई वाध्यात्मक मान्दै उनीहरुको अवस्थामा सुधार ल्याउन भनी सयौ संस्थाहरु संंचालनमा आएका छन् । तर ति संस्थाले पनि लागूऔषध प्रयोग गर्ने जो यौन पेशामा पनि संलग्न भएका छन् ति महिलाको हकहितको लागि प्रभावकारी काम गर्न सकेका छैनन । 

लागूऔषधको लतमा परेका र यौन पेशामा संलग्न भएका माहिलालाई विभिन्न उपचार, परामर्श र सहयोग गरी लागूऔषध र यौनपेशा बाट छुटाउन पनि ति संस्थाले पहल गर्नुपर्छ । यसैलाई मध्यनजर गर्दे सारथी नेपाल नामक संस्थाले युनाइटेड नेसन्स अफ ड्रग्स एण्ड क्राइम युएनओडीसीको सहयोगमा पनि ति संस्थाले यौनपेशामा संलग्न महिला लागूपदार्थ प्रयोग कर्तालाई सो पेशा र लतबाट छुटाउन विभिन्न कार्याक्रम गर्दै आएको जनाएको छ । सो कार्यक्रमका संयोजक विकास महर्जन यौनपेशामा संलग्न महिलालाई लागूऔषध बाट मुक्त गराउन र विभिन्न रोगबाट संक्रमितलाई उपचार दिने व्यवस्था मिलाएको बताउँछन् । 

अहिले काठमाडौका विभिन्न होटल तथा डान्स रेस्टुरेन्टमा गई यौन पेशामा संलग्न महिला लागूऔषध प्रयोगकर्ताको अवस्था पहिचान गर्ने र रोगबाट संक्रमितलाई उपचारको लागि सम्वन्धित निकायमा पठाउने गरेको उनले बताए । त्यस्तै लागूऔषधबाट छुटाउन सारथी नेपालको सोसल सर्पोट युनिटले टिचिङ अस्पतालका डाक्टरको सल्लाहमा मेथार्जोन नामक औषधी दिने गरेको उनले उल्लेख गरे । 

यौनपेशा र लागूऔषधमा लागेका महिललाई एचआइभी एड्स तथा हेपटाइतिस वी र सी लागेको पाइएको उनले वताए । तर यस्ता रोगवाट संक्रमितले न त आफ्नो रोगबारे वताउँछन् न त उपचारको पहल गर्छन । उनका अनुसार हालसम्म २५ जना महिला लागूऔषध र यौनपेशामा संलग्न भएको पाइएको छ ति मध्ये ३ जनालाइ संक्रमणमा परेका छन् । विभिन्न उपाय मार्फत यसको लतमा लागेका लाई छुटाएर उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यताका साथ लागूऔषधमा लागेकालाई विभिन्न उपचारात्मक तथा सुधारात्मक प्रकृयाद्धारा समजमा पुर्नथापित गन र यसवाट प्रभावितहरुको क्षति न्यूनिकरण गर्न विभिन्न प्रयास भएका छन् । 

तर, अपेक्षित प्रगति नहुँदा लागूऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ भने यस कार्यक्रमले सबै ठाउँमा समान किसिमको प्रभाव पार्न सकेको छैन । हाल नेपालमा ९१ हजार ५ सय ३४ ले कडा खालको लागूऔषध प्रयोग गर्ने गरेको पछिल्लो सरकारी तथ्याकं छ । जसमा पुरुषको संख्या ८२ हजार २ सय ४ र महिलाको संख्या ६ हजार ३ सय ३० छ  ।  ति मध्ये ५१ हजार ८ सय १० ले सुइद्धारा लागूऔषधको प्रयोग गर्छन ।

 त्यस्तै काठमाडौ मा ३६ हजार ९ सय ९८ जनाले लागूऔषध प्रयाग गर्छन भने राजधानी वाहिरका ५४ हजार ५ सय ३६ जना यसमा संलग्न छन् । यस क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले भने ३ लाख व्यक्तिले लागूऔषधको प्रयोग गर्ने गरेको बताउछन् । लागूऔषध प्रयोग गर्ने मध्ये २२ हजार ९ सय ९४ जनालाई एच आई भि पोजेटिभ रहेको सरकारी तथ्याकंमा उल्लेख छ । त्यसैले लागू औषधको लतमा लागेका लाई धृणा गर्ने भन्दा पनि उसको बानीमा सुधार ल्याउने तर्फ परिवार समाज तथा राज्यले ध्यान दिनु पर्छ । यसको कारण र असर घटाउन आवस्यक उपचार दिएमा उनीहरुले पनि नयाँ जीवन पाउन सक्छन् । 

लागूपदार्थ प्रयोगकर्ताको उपचार गराइ समाजमा पुनःस्थापना गराउने अभियानमा लागेका युवाहरु लागूऔषध प्रयोग गर्नेहरु हेपटाईटिस वी र सी बाट ग्रसित भएकोले उनीहरुको उपचारको लागि सरकारले पनि ध्यान दिनुपर्नेे बताउँछन् । सरथी नेपालका कार्यक्रम प्रमुख रविकृण्ण श्रोष्ठ लागूपदार्थ प्रयागकर्ताको जीवनमा समारात्मक परिवर्तान ल्याउन उसलाइ सजाय नभइ उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिन्छन् । 

सारथी नेपालले ल्याएको यस अवधारणा विश्वव्यापि रुपमा कार्यान्वयनमा गएको उनले वताए । त्यसैले सरकारले पनि लागूऔषध प्रयोगकर्र्ता रगतजन्य रोगहरु एच. आई. झि, हेपटाइटिस वी र सी लाग्नबाट जोगाउने प्रयास थाल्न्नुपर्ने उनको धारणा छ ।  सारथी नेपालका सुपरभाइजर कुमार लामा हेपटाइटिस वी र सी को टेस्ट गर्ने पद्धति नेपालमा अत्यस्तै महंगो भएकोले धेरै व्यतिलले ज्यान गुमाउनुपरेको बताउँछन् । यो रोगबाट ग्रसितको उपचारको लागि सरकारले वेवास्ता गरेको उनको तर्क छ ।

Post a Comment

0 Comments