Subscribe Us

हिन्दु धर्म रक्षा र आकर्षणको नयाँ खेल,
भारतमा हिन्दु बनाइँदै, नेपालमा रक्षा गरिँदै

काठमाडौं । धर्मनिरपेक्ष राज्य घोषणा भएपनि नेपालमा हिन्दु धर्मको अभियान अहिले व्यापक भएको छ । धर्मनिरपेक्षताको विरोधमा जनमत बढ्न थालेको छ र अहिले अभियान पनि सुरु भइसकेको छ । यो अभियानमा सत्तारुढ नेपाली कांग्रेसका नेतादेखि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अभियान जारी राखेको छ । 

विश्वमा इसाइहरुका कारण हिन्दु धर्मको ह्रास हुँदै गएको भन्ने ठानेर अहिले भारतीय हिन्दु अतिवादी संस्थापनको सहयोगमा धर्म परिवर्तनको ठूलो अभियानमा जुटेका छन् । उत्तर र दक्षिण भारतमा इसाई, मुस्लिम तथा अन्यलाई हिन्दु धर्ममा ल्याउने काम भइरहेको छ । जसको विरोध र समर्थनमा अहिले भारतमा एकथरीको नयाँ चर्चा सुरु भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह तराई भ्रमणमा लाग्नु, खुमबहादुर खड्का र कमल थापा हिन्दु अभियानमा लाग्नु र भारतमा हिन्दुवादीहरुको बाहुल्यता बढ्दै जानुको प्रभाव नेपालमा पनि परेकोे छ । खासगरी विश्व हिन्दु परिषदले गएको शनिबार गुजरातको वलसाड जिल्लाको अरनाई गाउँमा २ सय इसाइलाई हिन्दु बनाएपछि भारतमा हिन्दुवादीको बाहुल्यता बढेको बुझिएको छ भने यता खड्का र कमल थापाको हिन्दु रक्षा अभियान सुरु भइसकेको छ । नेपालमा विदेशी संघसंस्थाहरुले क्रिश्चियन धर्मममा हिन्दुलाई आकर्षण गर्न थालेपछि नेपालमा रक्षा अभियान सुरु भएको हो । 
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का जतिबेला जेलबाट बाहिर आए त्यतिबेलाको कांग्रेसको शक्ति फरक किसिमले देखिएजस्तो अहिले पनि उनको अभियान व्यापक भएको छ । त्यो खुमबहादुरले संगठनभित्र जोगाएर राखेको व्याकअप शक्ति थियो । कुनै राजनीतिक एजेन्डा नपाएका खुमबहादुर पार्टीको सक्रिय राजनीतिभित्र निर्णायक तर साइलेन्स किका रुपमा थिए । 

तर, अहिले उनले कांग्रेसको नीतिकै खिलाफमा धर्मलाई नयाँ राजनीतिक मुद्दा बनाएर अभियानका रुपमा हिँडेका छन् । तारानाथ रानाभाटहरुलाई बोकेर हिँडेका खुमबहादुर यतिवेला हिन्दु सापेक्षा राज्यको माग गर्दै अभियानमा सक्रिय छन् । यता कांग्रेसको केन्द्रिय समितिको वैठक चलिरहेका बेला उनले झापादेखि उक्त अभियान थालेका थिए । कांग्रेस भित्रका केही जनजाती नेताहरुले धर्मनिरपेक्षाको विषयलाई उठान गरी खुमबहादुरलाई कारवाहीको प्रस्ताव अघि सारेपनि त्यो कार्यान्वयन हुन सकेन ।
कांग्रेस महासमिति सदस्यहरुमा खुमबहादुरको पल्ला भारी रहेका कारणले पनि उनीमाथि कारवाही हुन सकेको छैन । सभापति सुशिल कोइरालाले तत्काल कारवाहीको कुरा नगरौं भनेपछि वैठकमा परेका प्रस्तावहरु प्नि कार्यान्वयनमा नआएका हुन् । खुमबहादुरलाई कारवाहीको कुरा गर्दा सार्कमा फस्ट लेडी बनाइएकी सुजाता कोइरालालगायतका नेतालाई पनि कारवाही गर्नुपर्ने दबाब कोइरालालाई रहेका कारण उनी यस विषयमा नबोलेका हुन् ।
 
त्यसो त पार्टीमा महाधिवेशन नजिकीएका बेला खुमबहादुरलाई कारवाही गर्ने या साथ लिने भन्ने विषयमा कोइराला अहिले विचरणीय रहेका छन् । खुमबहादुरको साथ शेरबहादुर देउवाले पाएका कारणले उनको मन जित्नका लागि पनि कोइराला अहिलोइलेन्स बसेको बुझिएको छ । 

उता, कमल थापाको रथयात्रा पनि यहि बेला सुरु हुन लागेको छ । धर्म रक्षा, धर्म निरपेक्षताका नाममा हुन लागेको रथयात्राका लागि भारतीय सहयोग रहेको पनि बुझिएको छ । यद्यपि, थापाले यो यात्रा अघिल्लो वर्ष पनि गरेका थिए । तर, यसपटक भने भारतमा उठेको धार्मिक मुद्दाको दबबाले नेपालमा पनि राजनीतिक ठाउँ व्यापक पाउन सक्ने अनुमान सवैले ष्रेका छन् ।

Post a Comment

0 Comments