Subscribe Us

४ करोड ठगीगर्ने हिम्मतवाली महिला पक्राउ

काठमाडौँ । चर्को व्याज दिन्छु भनी ४ करोड भन्दा बढी रुपैयाँ ठगी गरी फरार भएकी बाग्लुङ तिताङकि ३१ बर्षीया अस्मिता खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।     खड्कालाई महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले पक्राउ गरेको हो । 

खड्काले  विभिन्न व्यक्तिहरुलाई चर्को ब्याजको दिने प्रलोभनपारी ठगी गरेको प्रहरी अनसुन्धानबाट खुलासा भएको छ । 

खड्का  बेपत्ता हुने नियत राखी आप्mना बालबच्चालाई रुपन्देहीमा राखी बाग्लुङबाट भागी फरार भई काठमाडौँ आएको सुचना महाशाखाले पाएपछि उनलाई पक्राउ गरेको जनाएको छ । 

महाशाखालाई पक्राउ गरी उपस्थित गराइदिनहुन भनी जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट पत्राचार भएपछि महानगरीय महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार भक्तपुर दधिकोट लुकी छिपी बसेको अवस्थामा फेला पारी थप अनसुन्धानकोे लागी जिल्ला पठाएको जनाएको छ ।  

 प्रारम्भिक अनुसन्धानबाट खड्काले बाग्लुङ नगरपालिकाका विभिन्न व्यक्तिहरुलाई शुरु शुरुमा लिएको रकमको चर्को व्याज समेत दिई प्रलोभनमा पर्ने गरेको र ढुकुटी समेत खेलाउने गरेको खुलासा भएको अनसुन्धानमा खटिएको प्रहरीले जनाएको छ ।  खड्काले अन्य व्यक्तिहरुलाई देखाउन कस्मेटिक पसल समेत संचालन गरेको र अन्तमा बाग्लुङ बस्ने तारा शाक्य, गोवन्द गौतम, सुमित्रा कार्की, कमला देवी श्रेष्ठ लगायतका विभिन्न व्यक्तिहरुको करीव ४ करोड भन्दा बढीको धनमाल तथा रकम ठगी गरी फरार भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । 
   

Post a Comment

0 Comments