Subscribe Us

बिद्यालय चलाउने नाममा डन आर्चायको ठगी धन्दा

डन मनोजकुमार आचार्य
काठमाडौँ । गुरुकुल नेसनल उच्च माध्यमिक विद्यालय सञ्चालन गर्ने नाममा दुई करोड ठगी गरेको आरोपमा एक डनसहित तिन जना प्रहरीको फन्दामा परेका छन् ।

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) बिद्यालयका निर्देशक महोत्तरी जलेश्वर–५ घर भई हाल काठमाडौँ कपन बस्ने ४३ वर्षीय सुजित सिंह, प्रशासकीय प्रमुख काठमाडौँ थापागाउँका ३१ वर्षीय सरोज राना मगर र सर्लाही भक्तिपुर–८ घरभई हाल जोरपाटी बस्ने ३६ वर्षीय  डन मनोजकुमार आचार्यलाई पक्राउ गरेको हो । 

आचार्य बम हत्याकाण्डका योजनाकार बाबु थापा निकट तथा काभ्रेली समुहका सदस्य हुन् । विगत तीन वर्षदेखि गौशलामा सञ्चालनमा रहेको उक्त मावि सञ्चालन गर्दै आएका अभियुक्तहरुले उच्च माविको सेयर दिने, दिलाउने भनी रकम लिएको तथा शिक्षक, कर्मचारीहरुलाई दिनुपर्ने पारिश्रमिक नदिइ झुक्याइ ठगी गरेको जाहेरी सिआईबीमा परेपछि अनसुन्धानको लागी पक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेका डन आचार्य तमलोपाका केद्रिन्य सदस्यसमेत रहेका छन् ।

 गिरोहले डन आर्चाको नाममा किर्ते सेयर खडा गरी सिद्धार्थ डेभलपमेन्ट बैंक जोरपाटी शाखाबाट एक करोड आठ लाख ऋण निकासा गरेको तथा अन्य ब्यक्तिसँग गरी करिब रु एक करोड ९५ लाख ३१ हजार ३०० ठगी गरेको अनसुन्धानबाट खुलासा भएको सिआईबीले जनाएको छ । सिआईबीका अनुसार ठगी गरेको रकमअझै खुल्न बाँकी रहेको अनसुन्धानमा खटिएका एक प्रहरीले बताए । 

जाहेरीपरेपछि उनिहरुलाई सिआईबीले राजधानीको विभिन्न स्थानबाट पक्राउगरी आईतवार सार्बजनिक गरेको हो ।  पक्राउ गरिएका अभियुक्तलाई ठगी तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले विज्ञप्तिमार्फत जनाकारी गराएको छ ।

Post a Comment

0 Comments