Subscribe Us

नक्कली प्रमाणपत्रको बचाउ गर्न खुश्बु द्धारा नायिका एैश्र्वया रायको बदनाम

काठमाडौं । प्रहरी ईन्काउटरमा मारिएका राजधानीका डन दिनेश अधिकारी  ‘चरी’ को प्रेमीका खुश्बु ओलीको नक्कली प्रमाणपत्र सर्बाजनिक भएपछि ओलीले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो बचाउ गरेकी छिन् । उनले मेरो चरीत्र हत्या गर्ने किसिमले उक्त नक्कली प्रमाणपत्र मेरो भन्दै पत्रकारले फोटोसपबाट नक्कली खडा गरी चरित्र हत्या गरेको दाबी गरेकी छिन् । 

र उनले उक्त प्रमाणपत्र आफ्नो होईन भनेर पुष्टि गर्न भारतीय चर्चित नायिका एैश्र्वया राय र बलिउडकि नायीका एनजिलिनाको फोटो टासि फेसबुकमार्फत आफूलाई बदनाम गरेको दाबी गरेकी छिन् । ओलीले आफूलाई बिश्व सुन्दरी एैश्र्यया र एनजिलिना बराबरको देखाउन खोजेको उनि निकट स्रोत बताउछ ।  बेलायतको अक्सफोर्ट युनीभर्सिटीबाट उच्च शिक्षा हाँसिल गरेको दाबी गर्ने ओली  नेपालमा १२ कक्षा फेल भएको रहस्य खुलासा भएको छ । डन दिनेश अधिकारी ‘चरी’ को प्रहरी ईन्काउटरमा मारीएपछि चर्चामा रहेकी खुश्बु ओलीको पूर्ब प्रेमी अर्पण कोईरालाले अहिले उक्त रहस्य खुलासा गरेका हुन ।

 कोईरालाले १२ कक्षा फेल भएको उनकै पूर्ब प्रेमी अर्पण कोईरालाले बताएका छन् । कोईरालाका अनुसार परिक्षाको समयमा बिरामी परेपछि परिक्षा दिन नसकेपछि खुश्बु १२ फेल भएकी थिईन् । पछि पुनः पुरक परिक्षा दिन अनुरोध गर्दा आफू मिस टिन भएको ब्यक्ति फेरी १२ को परिक्षा दिन जाँदा समाचारकोे पात्र हुने भन्दै परिक्षा दिन ईन्कार गरेको दाबी कोईरालाले गरेका छन् ।


 कोईरालाले खुश्बुको खुशिको लागी एक जना दाई मार्फत नेपालको सबै जाँचोपाँजो मिलाएर बेलायत पठाएको बताएका छन् । उनको  भनाई अनुसार कोईरालले नक्कली प्रमाणपत्र बनाएर खुश्बुलाई बेलायत पठाउन सफल भएको दाबी गरेका छन् । जेभीएर एकेडीमीबाट १२ फेल भएपछि खुश्बुले पाटन क्यामपस पाट नक्कली प्रमाण पत्र बनाएर उच्च शिक्षाको लागी बेलायत पुगेकोबारे प्रहरीले समेतले अनसुन्धान थालेको स्रोतले बतायो । 

उनले पाटन क्यामपसबाट बनाएको प्रमाणपत्र कतै प्रयोग नगरेपछि उनले आफूलाई बदनाम गर्न समाचारको पात्र बनाईको भन्दै पत्रकारलाई फेसबुक मार्फत शिक्षा दिन थालेकी छिन् । तर उनले बेलायतमा भिषा आबेदन गर्नलाईसमेत नक्कली प्रमाणपत्रको प्रयोग गरेको उनकै पूर्बपे्रमी कोईराले दाबी गरेका छन् ।  पाटन क्यामपसबाट जारी भएको खुश्बुका केही नक्कली प्रमाणपत्र प्रहरीले बरामत गरी अनसुन्धान थालेको स्रोतले बतायो । स्रोतका अनुसार प्रहरीले उक्त प्रमाणपत्र बनाउने गिरोहको बारेमासमेत अनसुन्धान थालेको छ ।

Post a Comment

0 Comments