Subscribe Us

सकेसम्म मनाउने नमाने मुक्काउने

काठमाडौं । अन्नतः नेताहरुले भनेजस्तो संविधान समयमा नआउने भएपछि संविधानसभाभित्रै सत्ता र प्रतिपक्षीबीच भिडन्त हुने भएको छ । दुवै पक्षले आफ्नो तयारी तिव्र पारेका छन् । सत्तारुढ दलहरुले सकेसम्म प्रतिपक्षी मोर्चालाई सहमतिमा ल्याउनका लागि मनाउने भएका छन् । तर, सहमतिको नाममात्र लिने र वितन्डा मच्चाउन खोजे संविधानसभाभित्र हंगामा समेत हुनसक्ने उनीहरुले अनुमान गरेका छन् ।

 प्रहरी, सेना र सशस्त्र प्रहरीलाई सुरक्षाका लागि निर्देशन दिएर सकेसम्म मनाउने, प्रक्रियामा जाने र त्यहाँ वखेडा भए हान्ने काम भए प्रतिरक्षाका लागि हान्न पनि पछि नपर्ने सत्तारुढ दलहरुको पनि तयारी रहेको छ । आन्दोलनकारी जति सवैको नेतृत्व गरेर प्रचण्ड सडकमा जाने तयारी गरिरहेका छन् । उनलाई आन्दोलन नगर्नका लागि पार्टीभित्र र बाहिरबाट पनि दबाब छ । तर, विभिन्न ठाउँमा छरिएर बसेका जातीय मोर्चा र संगठनहरुलाई पनि एकीकृत गरी उनले आन्दोलनको तयारी गरेका छन् । उता, सत्तारुढले भने संविधानसभाभित्रै संविधान ल्याउन नदिने विरोधीहरुलाई तह लगाउने तयारी गरेका छन् । 

‘अहिले देखि जातिय द्वेश देखाएर केही मान्छेका बलमा जनताको संविधान आउने यो अन्तिम मौका पनि असफल बनाउन खोजेका माओवादीहरुलाई ठेगान लगाउनुपर्छ, संविधानसभा हाम्रो एजेन्डा हो भन्ने अनि संविधान जारी गर्नुअघि फुटेर कोही यो संविधानसभा नमान्ने, कोही चाँही जंगल जाने भन्ने र मुलुक अस्तव्यस्त बनाउने ? मिलेर काम गर्रौ भन्दा नमान्नेको घुर्की अब सहन सकिँदैन’, एक नेताले भने । 

त्यसो त प्रचण्डले किन आन्दोलनको नेतृत्व गरिरहेका छन् भन्ने कुरामा कांग्रेस एमालेका नेताहरु पनि छक्क परेका छन् । तीन दलको वैठकमा सहमतिको खाका प्रस्तुत गर्ने उनै प्रचण्डको भुमिका अहिले किन ढुलमुले भइरहेको छ भन्नेमा उनीहरु चिन्तित पनि छन् । ‘संविधान त जसरी पनि जारी हुन्छ, मार्सल थपेर भएपनि जारी हुन्छ, सेना परिचालन गरेर भएपनि जारी हुन्छ । एक दुई जनाले भन्दैमा यहाँ केही हुँदैन, यत्तिकै कतिञ्जेल रहने भन्ने कुरा प्रमुख भइसक्यो’, स्रोतले भन्यो,‘एमाओवादीलाई मधेसीलाई पनि हामीले त्यहि भनिसकेका छौं ।’

एमाओवादी र केही बाहिरिया एजेन्सीका भरमा केही सभासदहरुले लोकतान्त्रिक मुल्य तोड्नेजस्ता धम्की दिइरहेको कुरालाई पनि नजरअन्दाज नगरी तिनलाई पनि ठेगान लगाउने तयारी भएको छ । खासगरी नेताहरुलाई गाली गर्ने र मधेसको नाममा मुलुक टुक्राउनेसम्मको खेल हुन लागेको भन्दै सत्तारुढ दलहरुले यस्तो तयारी गरेका छन् । 

उसो त मधेस टुक्राउने खेलविरुद्ध नेकपा माओवादी विप्लव समुहले सडकबाटै प्रतिरोध गर्ने भएपछि अहिले संविधान जारी गर्नका लागि अन्य दलहरुलाई त्यति असहज नहुने बताइएको छ । स्रोत भन्छ,‘सहमति भए सहमति, प्रक्रियामा पनि सहमति हुन्छ । त्यसो नभएर भिँड्ने भए भिँड्ने नै हो, आखिर एक दिन भिँड्नु नै छ । किन अहिले नभिँड्ने ?’

Post a Comment

0 Comments