Subscribe Us

९० लाखको पहेँलो कछुवा र २१४ किलो चरेस बरामत

चितवन । अबैध बन्यजन्तु कछुवाको कारोबारमा सगल्न समुहलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । प्रहरी कार्यालय चितवनबाट खटिएका प्रहरी निरक्षक रुगम कुँवरको टोलीले शनिवार  रत्ननगर न.पा.वडा नं.१२ अमेलियाबाट जिउदै  १ थान कछुवासहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा      
रत्ननगर न.पा.वडा नं.१२ बस्ने बर्ष ३२ को लखन दराई, वडा नं.८ बस्ने बर्ष ३६ को रघुनाथ नेपाली, .वडा नं.१४ बस्ने बर्ष ३३ को गौतम महत र जिल्ला रुकुम वाकीकोट गा.बि.स.वडा नं.८ बस्ने बर्ष २२ को समिर देवकोटा रहेको प्रहरीले जनाएको छ ।  
  कारोबारीले दुर्लभ कछुवा चोरी निकासि गरी पक्राउ परेका दराईको घरमा राखी बिक्रि बितरण गर्न लागेको भन्ने सुचनाको आधारमा प्र.नि कुँवरको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरी आफै ब्यापारी बनी कारोबारीसंग बार्गेनिङ्ग गरी रु.९० लाखमा किनबेच गर्ने सहमती पश्चात पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारवाहीको लागि पक्राउ कारोबारी तथा बरामत कछुवा जिल्ला वन कार्यालय चितवनमा बुझाएको जनाएकोे छ ।

२१४ किलोग्राम  लागु औषध चरेस बरामत
 त्यसतै चितवन प्रहरीले ठूलोमात्रमा अबैध लागूऔषध चरेस बरामद गर्न सफल भएको छ । आईतवार बिहान चार बजे भरतपुर उ.म.न.पा.वडा नं.१ दियालोरोडबाट लागु औषध चरेस २१४ किलोग्राम बरामत गरेको हो । 

भारतिय नं.प्लेटको बोलेरो गाडीबाट उक्त परिमाणको लागूऔषध बरामत भएको प्रहरीले जनाएको छ । तिब्र गतीमा आएको गाडी प्रहरीलाई देखेपछि झनै गाडीको गती बढाएपछि प्रहरीलाई शंका लागी गाडी नियन्त्रमा लिई चेकचाँच गर्दा चरेस बरामत भएको प्रहरीले जनाएको छ । प्रहरीलाई देखी फरार भएको गाडीलाई निरक्षक कुँवरको कमाण्डमा खटिएको टोलीले बेवारीस अबस्थामा फेला पारेको थियो ।   
          
गाडीभित्र प्रहरीले प्लाष्टिकले ¥यापिङ्ग गरी प्याकेट बनाई राखेको २१४ किलोग्राम अबैध लागु औषध चरेस फेला परेको जनाएको छ । बरामत लागूऔषध चरेस ओसार पसारमा संगल्न रहेका व्यक्तिहरुको खोजतलास गरी रहेको प्रहरी जनाएको छ ।





Post a Comment

0 Comments