Subscribe Us

नक्कली सवारी चालक अनुमतीपत्र बनाउने पक्राउ

काठमाडौँ । प्रहरीले नक्कली सवारी चालक अनुमतीपत्र बनाई बिक्री बितरण गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । 
काठमाडौँ असन बस्ने काभ्रे सिसाखानी–८ का ४० बर्षीय मिलन लामालाई प्रहरीले नक्कली सवारीचालक अनुमतीपत्र बनाई बिक्री बितरण गर्ने गरेको आरोपमा पक्राउ गरेको हो । 

लामाले नक्कली सवारी चालक अनुमती पत्र बनाई बिक्री बितरण गर्दै आइरहेको भन्ने गोप्य सुचनाको आधारमा महानगरी प्रहरी बृत्त  लैनचौरबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई नियन्त्रमा लिएको हो । 

प्रहरीले लामाको कोठा  खान तलासी गर्दा यातायात व्यवस्था बिभागको होलोग्राम ७ थान, यातायात व्यवस्था कार्यालय बागमती लेखिएको छाप २ थान, शाखा अधिकृतको छाप १ थान, प्रतिलिपी लेखिएको छाप १ थान, निलो स्ट्याम्प प्याड १ थान टाइप गरिएको सवारी चालकको कार्ड ४ थान, टाइप नगरको सवारी चालकको कार्ड १२ थान, टाइप मेशिन १ थान, चेक राईटर १ थान बरामद गरेको जनाएको छ । 

लामालाई प्रहरीले सरकारी छाप किर्तेमा मुद्दा चलाउने तयारी थालेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Post a Comment

0 Comments