Subscribe Us

एक दिनमै चार ठांउमा चोरी

काठमाडौँ । राजधानीमा शहरी क्षेत्रको बिकाशसँगै चोरीका घटनापनि बढ्न थालेका छन् । प्रहरीले दैनिकजसो चोरीमा सगल्न गिरोहलाई पक्राउ गर्न सफल भएपनि चोरी भने नियन्त्रहुन सकेको छैन् ।

 अपराध महाशाखा हनुमानढोकाले ६ महिनाको अबधिमा चोरीमा संलग्न ठूलै एक दर्जन गिरोहहरुलाई पक्राउ गरी कारबाही गरीसकेको छ । दैनिकजसो महाशाखाले चोरीक गिरोहलाई पक्राउ गर्दै आएको छ । 

तर पनि चोरी भने नियन्त्र हुन सकेको छैनन् । एक दिनमा राजधानीका आधा दर्जन घरमा चोरी भएको छ । चोरी हुनेमा बुढानिलकण्ठका मोहनदेव भट्टको डेरा कोठामा विहिबार कोही नभएको अवस्थामा ढोकाको ताला फोडी नगद ६० हजार रुपैयाँ र सुनका विभिन्न गहना सहित करीव २ लाख ६० हजार रुपैयाँ बारबरको धनमाल चोरी भएको छ ।

 यसैगरी काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर डेरा गरी बस्ने अर्घाखाँची पोखराचोक घर भएका पुजा पौडेलको कोठामा विहिबार कोही नभएको अवस्थामा कोठाको ताल्चा फोडेर नगद १७ हजार रुपैयाँ, सुनका विभिन्न गहना, ल्यापटप १ थानसहित करीव २ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

    यस्तै गोकर्णेश्वर नगरपालिका–१२ बस्ने शम्भु बुढाथोकीको घरमा कोही नभएको अवस्थामा गएराति करीव १ लाख ५६ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना तथा सोही ठाउँ डेरा गरी बस्ने यन्चु लामाको कोठाबाट नगद २० हजार रुपैयाँसमेत चोरी भएको छ । चोरहरुको खोजी गर्नुकासाथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments