Subscribe Us

घुस्याहा डीएसपी घुससहित पक्राउ, बृत्तका प्रहरी खुशी

काठमाडौं । माहानगरीय प्रहरी बृत्त बानेश्वरका डीएसपी रमेशकुमार तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलबाट ५० हजार घुस लिदै गरेको अवस्थामा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। बानेश्वर बृत्तमा खटिए दृखीनै तामाङले असुली धन्दालाई तिर्ब पारेका थिए । 
 
होटललाई पैसा मागेर हैरान पारेका तामाङलाई बिहीबार बिहान रंगेहात पक्राउ गरेको हो । उनलाई अख्तियारले अनुसन्धानका लागि हिराशतमा राखिने जनाएको छ। । डीएसपी तमाङले सरुवा भएर आएको एक महिना नबित्दै असुली गर्न थालेका थिए । तमाङलाई कुष्ण टाउर अगाडी रहेको मायालु दोहोरीको सञ्चालक बाबुरामले असुलीमा सहयोग पुर्याएका थिए । रातको १२ बजे बन्द हुने रेष्टुरेन्टहरु तमाङले आधा घण्टाबढी संञ्चालन गर्न दिएका दिएर मासिक उठाउन थालेपछि बृत्तका प्रहरीसमेत रुष्ट बनेका थिए । 
 
दोहोरीका मालिक बाबुरामले बानेश्वर क्षेत्रका दोहोरी, डान्स रेष्टुरेन्ट, क्याबिन, गेष्टहाउस जस्ताबाट महिनावारी मिलाईदिने सहमत भएको बानेश्वर क्षेत्रमा चर्चा चलेको थियो । महिनाको ५ हजार देखि २० हजारसम्म एक रेष्टुरेन्टबाट पाउने सहमतिपछि डीएसपी तमाङले बानेश्वरमा हुने आपराधीक गतीबिधीलाई समेत आँखा चिम्लीने गरेको बृत्तका प्रहरीनै बताउछन् । प्रहरीको भ्यान आउदां लुक्ने टोले गुण्डा अहिले प्रहरीका जुनीएर अधिकृत्तसँग मुुखमुखै लाग्दा पनि प्रक्राउ गरेर लगेकालाई डीएसपी तमाङले तुरुन्तै छोड्ने गरेको स्रोत बताउछ । 
 
 डिउटीमा खटिएका प्रहरीले १२ बजेपछि रेष्टुरेन्ट बन्दगर्ने निदेशन दिदाँ बाउनसरहरु प्रहरीको मुखमुखै लाग्दापनि डीएसपी तमाङले कारबाहिको दायरमा नल्याउदा बृत्तका प्रहरीको मनोबलसमेत गिरेको थियो, अब ठिक भो एक प्रहरी अधिकृत्तले बताए । उनले भने, ‘ एस अघिका डिएसपी रेबति ढकालले गैर कानूनी क्रियाकलाप गर्ने कसैसँग सम्र्झौता नगरी मुद्दा चलाउने गर्थे, जसले गर्दा हाम्रो मनोबल उच्च थियो अहिलेको डीएसपीको क्रियाकलापको कारण बृत्तका प्रहरीनै रुष्ट छन् ।’
 
 ढिलोसम्म रेष्टुरेन्ट खुल्ने, साउण्ड पोलिसन गर्ने, झै झगडा गर्नेलाई यसअघि छुट थिएन् जसले गर्दा उनिहरु कानूनमा बाधीएका थिए । तर अहिले डीएसपी तमाङका कारण गैरकानूनी धन्दा मौलाउदो थियो । डिउटीमा खटिएका प्रहरीले पक्राउ गरेकालाई डीएसपीले तत्काल मुक्तगर्न थालेपछि प्रहरीको मनोबल गिरेको थियो । प्रत्येक दिन एभरेष्ट होटलमा गएर मदिरामा लड्ठिनी डिएसपी घुससहित त्यहि होटलबाट पक्राउ परेपछि बृत्तका प्रहरीसमेत खुशि भएका छन् । उनको बानेश्वर क्षेत्रका गुण्डाका नाईकेहरुसंग राम्रो सम्बन्ध रहेको बृत्तका प्रहरीहरुनै बताउछन् ।

Post a Comment

0 Comments