Subscribe Us

गुण्डाका नाइके काजी शेर्पाले जन्माएको धन्दा फस्टायो

काठमाडौं । ट्रेकिङमा जाँदा एक जना खैरेको मृत्यू भयो, उ सँग भएको २० हजार डलर मेरो बुबाले राख्नु भएको थियोे । काठमाडौंमा लगेर साट्न बुबा डराउनु हुन्छ, मलाईपनि दिनुहुन्न, बजारको मुल्य अनुसार २० हजार डलरको २० लाख हुन जान्छ, तर पाँच लाख कसैले दिन्छ भने म त्यो डलर बुबासँग फुत्काउन सक्छु । तर मलाईपनि एक दुई लाख दिनुपर्छ । यदि तपाइँलाई यस्तै किसिमको प्रस्ताव कसैले ल्याएको छ ? छ, भने होशियार तपाइँ ठगिदै हुनु हुन्छ ।

 डलर छ भन्दै लुट्ने लुटेराले यस्तै प्रकारका प्रस्ताब ल्याउछन् । डलर हेर्न जाउभन्दै एकान्त ठाँउमा पनि लान्छन् जाँहा कुनै घर गाँउ हुदैन् । शहरी एरियामा बोलादा उनिहरु अनेक बाहाना गर्छन । बुबा, काका, दाई अनेक एक जना पात्र खडा गर्छन । डलर किन्ने मान्छे आएका छन् बुबा एक वटा देखाई दिनुन भन्छन्, बुबा भन्ने पात्रले अनेक नाटक गर्छ हुदैन हुदैन भन्छ एक छिनको नाटक पछि रुमालले बेरेको पोकोबाट एउटा नोट निकाल्दै  फुन्त फाल्छ । 

छोरो भन्ने पात्रले डलर किन्न गएका सर्बसाधरणलाई दिन्छ ओर्जीनल हो तँपाई चेक गर्न सक्नु हुन्छ । डलर ल्याएर ठमेलमा साँटिन्छ । मान्छेको मन हो पाँचलाख लगानी गरेर एकै छिनमा २० लाख कमाई हुने । खोजखाज ग¥यो पाँच लाखको पोको बोकेर डलर साट्न ग¥यो । पहिलो पटक गएको ठाँउ भन्दा फरक ठाँउमा लान्छन् । रुमालले पोको पारेको, पलास्टिक भित्र बेरेकोे पोको हातमा दिन्छन् । पौसा हातमा लिनसाथ आफ्नै ग्याङबाट पुलीस आएको आवाज दिलाउछन्् र भागा भाग गर्छन । डलर पाउने मख्य हुदै आफ्नो गन्तब्य लाग्छ । 

जब पोका खोल्छ छाँगाबाट खस्छ । किनकी पोकोमा डलरको सट्टा डलरको साईजमा काटिएका कागज भेटिन्छन । यस्ता धन्दा अहिले राजधानी आसपासका जिल्लामा दिनहुँ जसो हुने गर्दछ । जसका जन्मदादा गुण्डाका नाईके काजी शेर्पा हुन् । डलर देखाएर लुट्ने  धन्दा गर्दै शेर्पा अहिले प्रहरी र सेनाका राशन र हतियारका ठेकदार बनिसकेका छन् । तर उनले सुरु गरेको धन्दाभने देशभर मौलाउन थालेको छ । बिषेश गरी सिन्धुपाल्चोकमा हुने यस्ता अपराध अहिले राजधानीको छेउछाउमै फस्टाउन थालेको छ । 

प्रहरीले यस्ता अपराधमा सक्रिय धेरै समुहलाई पक्राउ गरी कानुनको दायरामा ल्याएपनि नियन्त्रण भने हुन सकेको छैन् । दुई बर्ष अघि सिन्धुपाल्चोकमा डलर देखाएर लुट्ने गिरोहलाई पक्राउ गर्दै तत्कालिन ईप्रका बाह्बिसेमा कार्यरत प्रहरी साहक निरक्षक रमेश नेपाल घाइतेसमेत भएका थिए । लुटेराको समुहले नेपाललाई टाएकोमा खुकुरी प्रहार गरेका थिए । नेपालको समुह डलर साट्ने बाहानामा उनिहरुलाई पक्राउ गर्न गएको थियो ।
 सो चालपाएपछि नेपालमाथी लुटेरा समुहले खुकुरी प्रहार गरेको थियो । यस्तै डलर देखाएर लुट्ने एक गिरोहलाई कालिमाटी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दानसिंह ५ का २४ बर्षीय रामबहादुर तामाङ, २२ बर्षीय बिजय तमाङ, २३ बर्षीय बुद्धिमान तामाङ, र अजय लोप्चन रहेका छन् । गिरोहले नक्कली डलर देखाएर लुटेको उजुरी महानगरीय प्रहरी बृत्त कालिमाटीमा परेपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । बालाजु प्रहरीको सहयोगमा उनिहरुलाई नुवाकोटको तारकेश्वर नगरपालिका १८ जरंगुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 गिरोहको साथबाट प्रहरीले लुट्न तथा ठगी प्रयोजनको लागी राखिएको ६ सय ६५ अमेरीकन डलरसमेत बरामत गरेको छ । डलरकै साईजमा काटीएका कागज ९७ थान, कागज काट्ने कटर १ थान र नेपाली रुपैया १३ हजार तथा गिरोहले प्रयोग गरेको सिमकाड र मोटरसाईकसमेत बरामत गर िप्रहरी आबाश्यक कारबाही सुरु गरेको जनाएको छ ।

Post a Comment

0 Comments